ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 22 February 2015

एन आर एन युकेको सहयोगमा नेपाली समाज वेल्सले एक दिने छलफलको कार्यक्रमको आयोजना


एन आर एन युकेको सहयोगमा नेपाली समाज वेल्सले एक दिने छलफलको कार्यक्रम Feb 15,  2015 आइतबारका दिन आयोजना गरेको थियो | जसमा यूकेका बिबिध ( Properties  किन्ने, बेच्ने, immigration  र अन्य ) कानुन सम्बन्धि  छलफल  गरिएको थियो |

कार्यक्रमको सुरुमा नेपाली सोसाईटी वेल्स का सचिव श्री निरलाल मोक्तान ज्युले सम्पुर्ण उपस्थित महानुभाव हरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो |

त्येसैगरि एन आर एन यूकेका अध्यक्ष श्री महेन्द्र कडेल ज्युले एन आर एन यूकेको कार्यबिधि र उदेश्य  साथै भविष्यमा हुने गतिबिधि बारे जानकारी गराउनुभएको थियो |


कार्यक्रमको योजना अनुसार लिगल एडभाईजर र मेडिकल डाक्टरले आ-आफ्नो क्षेत्रको ज्ञान सबैको सामु प्रस्तुत गर्ने थियो |तर प्राबिधिक कारण मेडिकल डाक्टरको अनुपस्थिति रह्यो| मेडिकल डाक्टर अनुपस्थित हुनु भएपनि लिगल एडभाईजर श्री दिपक भट्टराई ज्युको प्रस्तुतीले उपस्थित सम्पूर्ण महानुभाबलाई मंत्रमुग्द पारेको थियो| उहाले आफ्नो  पहिलो प्रस्तुतिमा Properties किन्ने र बेच्नेको कानूनी प्राप्धान, आईपर्ने समस्या र उपायहरुको बारेमा जानकारी गराउनु भएको थियो|  दोश्रो सत्रमा Immigrationका अहिले भइरहेका र नया नियमकानुन जो भर्खरै Home Office ले लागु गरेको छ त्येसकोबारे प्रस्तुत गर्नु भएको थियो | कार्यक्रमको अन्तमा प्रश्न उत्तर को समय राखिएको थियो |तर समयको अभावले धैरे प्रश्नहरुलाई थाती राखनु परेको थियो | कार्यक्रम अति रोचक भएको हुदा समय बितेको थाहा नै भएन र अन्तमा कार्यक्रमलाई जबरजस्ती बिट मार्दै एन आर एन यूके का अध्यक्ष श्री महेन्द्र कडेल ज्यूलाई अर्को यस्तै कार्यक्रमको आयोजना गर्ने बचन बधता गराउदै कार्यक्रम सम्पन्न भएको थियो |

No comments:

Post a Comment