प्रत्येक मार्च १ मा सेन्ट डेविड्स दिवस वेल्समा मनाईन्छ र यसमा नेपाली समाज वेल्सको सहभागिता हुदै आईरहेको छ यस पटकपनि परम्परालाई कायमै राख्दै नेपाली समाज वेल्सको सहभागिता भएको थियो| विभिन्न हर्ष र उल्लासका साथ कार्डिफ काउन्सिलको आयोजनामा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५ ” भब्य रुपमा सम्पन्न भएको छ। वेल्सको राजधानी कार्डिफमा “राष्ट्रिय सेन्ट डेविड्स दिबस २०१५ ” मनाउन भेला भएका विभिन्न समुदायका जनमानसमा आ-आफ्नो देशको राष्ट्रिय पोशाकले बडो अचम्म लाग्दो रौनक ल्याएको थियो भने हामी वेल्समा छौँ र वेल्सलाई मायाँ गर्छौं भन्दै वेल्सको राष्ट्रिय झन्डा र सेन्ट डेविड्सको झन्डा फर्फराउदै हसिलो मुद्रामा देखिएका सम्पूर्ण जन समुदाय अरु सबै कुरा बिर्सेर आफैमा रमेका देखिन्थे।
वेल्सका स्थानीय बासिन्दा र बिदेशबाट वेल्समा आई बसोबास गर्ने विभिन्न समुदायका जनमानसको सहभागिता बराबर देखिन्थ्यो। विभिन्न रंगी बिरंगी कपडामा सजिएका जन समुदायले आ-आफ्नो बाजागाजा मार्फत भूमिनै थर्काएका थिए |
हाम्रा नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु पनि को भन्दा को कम भने झैँ आफ्नो राष्ट्रिय पोशाकमा सजिएर मादलको तालमा नेपाली समाज वेल्स को ब्यानर र वेल्सको झन्डा बोकेर परेडमा उपस्थित हुँदा त्यो भूमिमा सधै भन्दा बेग्लै अनुभूति हुन्थ्यो|
सयौं दर्शकहरु बाटोको वरिपरी उभिएर ताली बजाउदै हामीप्रति देखाएका सम्मानले त्यहाँ उपस्थित हुँदा झेल्नु परेको भोक, तिर्खा, निन्द्रा र थकाई लाई बिर्सेर वेल्स र नेपाल प्रतिको आत्मियता अझ गाडा भएको अनुभब हुन्थ्यो |
बिदेशी भूमिमा रहेर पनि आफ्नो देश, भेष र संस्कृतिलाई सधै उच्च बनाउन गरेको त्यो उपस्थितिको महत्व त्यहाँ उपस्थित हुँदा देखिएको अनुभूतिले नेपाल र नेपालीप्रतिको सदभाब र मायाँ मुटुभित्र टाँसिएर रहेको प्रस्ट हुन्थ्यो।
वेल्सको राजधानी कार्डिफमा भएको हाम्रो यो सहभागिताले एउटा महत्वपुर्ण भूमिका खेलेको छ। जीवनको यस्तो धेरै महत्वपूर्ण घडीमा आफ्नो व्यस्ततालाई त्यागेर उपस्थित हुनुहुने सम्पूर्ण नेपाली दाजू-भाई तथा दिदीबहिनीहरु प्रति नेपाली समाज वेल्स हार्दिक अभिबादन ज्ञापन गर्दै आउँदा दिनहरुमा पनि यस्तै सदभाब र सहयोग आदान प्रदान जारी रहनेछ भन्ने कुरामा हामी विश्वस्त रहेका छौँ।
वेल्सको राजधानी कार्डिफको सिटि हलको प्रांगणमा शुरु भएको उक्त भेला परेडमा परिणत भई किंग्सवे - सेन्ट मेरी स्ट्रीट - मिल लेन हुँदै – कार्डिफ क्यासलको प्रांगणमा आई बिसर्जन गरिएको थियो।
धन्यवाद |
No comments:
Post a Comment