ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 19 April 2015

नयाँ बर्ष २०७२ भव्यताका साथ सम्पन्न

बढो हर्ष र उल्लासका साथ नयाँ बर्ष २०७२ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्स तथा इंगलैंडका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजू भाई तथा दिदी बहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजू भाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|


संस्थाका सचिब श्री निरलाल मोक्तान ज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रमा अध्यक्ष श्री मती प्रसाद पुनज्यूले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो भने नेपाली र अंग्रेजी नांच, गान तथा नेपाली ड्रामा साथै हास्य कार्यक्रमले भरिपूर्ण उक्तकार्यक्रमले नयाँ वर्षको कार्यक्रममा बेग्लै रौनक थपिएको थियो | साना साना भाई बहिनीहरु समिर अधिकारी, सिमरन अधिकारी, प्राजन पोखरेल, श्रीषक काफ्ले, आयुष्मा श्रेष्ठ, सौभाग्य मोक्तान, सन्देश काफ्ले, आभास देवकोटा, आयुष श्रेष्ठ र प्रान्जेल पोखरेलको प्रस्तुतिले सम्पूर्ण दर्शक महानुभावहरुको मनलाई छोएको थियो | त्यसैगरि नेपाली नाटकको लेखिका श्रीमती शोभा पोखरेलको परिकल्पना र प्रस्तोता श्रीमती गीता काफ्लेको सुरिलो आवाजले हलमा उपस्थित सम्पूर्ण महानुभावलाई एकाग्र बनाएको थियो| श्री पूर्ण चन्द्र लिम्बुको हास्यब्यङ्गले सबैलाई पेट मिची मिची हसाएको थियो भने उमेश थापाको नेपाली गीतले हल नै गुन्जमान भएको थियो|

यसै अबसरमा विभिन्न क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न भयो| संस्थाका अध्यक्ष श्री मति प्रसाद पुन ज्यू बाट खदा ओडाएर प्रमाणपत्र तथा फुलको गुच्छा प्रदान गरि सम्मान गर्नु भएको थियो | सम्मान पाउने ब्यक्तित्वहरुमा सुश्री सिमरन तुम्महाम्फे, श्री उमेश थापा र श्री योगेश बम मल्ल हुनुहुन्थ्यो भने साना साना भाई बहिनीहरु लाई नगद पुरस्कार दिई प्रोत्साहन गर्नुभएको थियो |

२८ चैत्र २०७१ शनिवारका दिन सेन्ट अल्बान चर्च हलमा बेलुकी १८:०० बजे देखि २२:०० बजे सम्म भएको कार्यक्रमा सँस्थाका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरु म्युजिक व्यवस्थापन- श्री अमृत घले, खानपिन ब्यबस्थापन- बिर बहादुर गुरुङ, प्रकाश गुरुङ र उमेश थापा, प्रवेश टिकेट- श्री विभूषणमान श्रेष्ठ र श्री बलराम अधिकारी, पेय पदार्थको टिकेटिंग तथा वितरण- श्री अमर मल्ल र श्री योगेश बम मल्ल, टिकट प्रिन्टिंग तथा सम्पुर्ण प्रिन्टिंग व्यवस्थापन- श्री निरलाल मोक्तान तथा अन्य सहयोगीहरुमा श्री शालिकराम काफ्ले, श्री पूर्ण चन्द्र लिम्बु साथै प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो |


No comments:

Post a Comment