हाम्रो मातृभुमि
नेपालमा गत २५ अप्रिल तथा १२ मे २०१५ मा गएको महा-भूकम्पबाट पर्न गएको धन जनको
क्षतिप्रति संस्था, संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु गहिरो दुखमा
पर्नुभएको छ यस असहज तथा दुखित घडीमा धैर्य धारण तथा असहज परिस्थितिको सामना गर्ने
बल प्रदानका साथै दुखद परिस्थितिबाट सहादत प्राप्त गर्नुहुने सम्पूर्ण नेपाली तथा
बिदेशी चिर आत्माको शान्तिका लागि भगवान संग प्राथना गर्न चाहन्छौं |
यसरि धेरै
असजिलो समय गुज्री रहदा नेपाली समाज वेल्स,
बेलायत (Nepalese Society
Wales, UK) को पहलमा राहत वितरणको पाईला अगाडी सारेको कुरा यहाँहरु सबैलाई जानकारी गराउन चाहन्छौं
| यसैक्रममा नेपाली समाज वेल्स, बेलायत (Nepalese Society Wales, UK) ले भूकम्प
पिडितहरुको सहयोगार्थ आर्थिक संकलन गरी अति प्रभावित क्षेत्रको पहिचान गरी उक्त
क्षेत्रमा खाद्यान्न सहयोग गर्ने निर्णय बमोजिम दलित जनजातिहरुको बाहुल्यता रहेको
गोरखा जिल्ला, हंसपुर
गा. वि. स. अन्तर्गत वडा नं. १, ४, ५ र ८ गरी
४ वटा वडाका ४४० घर परिवारहरुलाई राहत वितरण गर्नको लागि नेपालबाट स्वयम् सेवकहरु
खटाई संस्थाको ब्यानर मुनि पिडित जनताहरुलाई राहत स्वरुप खाद्यान्न सहयोग वितरण गर्यो।
राहत वितरण कार्यक्रम मे ९, १०, र ११ गरि तिन
दिनमा सम्पन्न गरिएको थियो | भोक,
तिर्खा र दुखलाई एकातिर पन्छाएर राहत वितरणमा हरतरहले सहयोग पुर्याउनुहुने
महानुभाबहरु श्री अमृत पोखरेल, बसेनी, चितवन; श्री माधव
अधिकारी, हंसपुर वडा नं. १, हाल पोखरा; श्री
रामप्रसाद अधिकारी, हंसपुर वडा नं. ५ हाल काठमाण्डौ; श्री कुशल अधिकारी, हंसपुर वडा नं. ५ हाल काठमाण्डौ; श्री मुक्ति पोखरेल, भरतपुर, चितवन; श्री सिर्जन
पोखरेल, भरतपुर, चितवन; श्री सुदिप
दवाडी, बिचौर गा वि स, लमजुङ्; श्री राजेन्द्र पोखरेल, छोप्राक-२, गोरखा हाल काठमाण्डौ र अन्य २ जना हंसपुर गाविसका स्थानीय
महानुभाबहरुहरु प्रति संस्था हार्दिक आभार व्यक्त गर्दछ | यसका
साथै आर्थिक सहयोग संकलनमा मद्दत
पुर्याई यस राहत कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने
सम्पूर्ण वेल्स तथा बेलायत निवासी दाजुभाई तथा दिदीबहिनीहरु र अन्य संस्थाहरुप्रति नेपाली समाज वेल्स, बेलायत (Nepalese Society Wales,
UK) हार्दिक कृतज्ञता व्यक्त गर्दछ |
No comments:
Post a Comment