ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 19 September 2015

चेलीहरुलाई २०७२ सालको तीजको दर खुवाउने कार्यक्रम भब्य रुपमा सम्पन्न

  
१२ सेप्टेम्बर २०१५ शनिवारका दिन नेपाली चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम यस सस्था ले आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटी उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले नेपाली समाज वेल्सले आयोजना गरेको यस कार्यक्रममा यस ठाउँका विभिन्न क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाट हुन तीज मनाउन पाउँदा  नेपाली समाज वेल्स प्रति आभार ब्यक्त गर्दै आफैमा गौरवान्वित देखिनुहुने चेलीहरु तीजको गीतमा दिल खोलेर नाच्न ब्यस्त देखिनुहुन्थ्यो |


कार्यक्रममा संस्थाको तर्फबाट चेलीहरुलाई महत्वपुर्ण तीज पर्बको अबसरमा शुभकामना प्रदान सहभागी हुनुभएकोमा धन्यवाद ज्ञापन यस सँस्थाको अध्यक्ष श्री मती प्रसाद पुनको तर्फ बाट गर्नुका साथै नेपाली चेलीहरुसंग सधै यसरीनै हातेमालो गर्दै जाने भाबी कार्यक्रमहरु अझै रोचकमय बनाउन नेपाली समाज वेल्स प्रयासरत रहेको जानकारी गराउनुभयो | त्यसै अबसरमा संस्थाकी कार्यसमिति सदस्य श्रीमती लक्ष्मी अधिकारीले तीज पर्वको अबसरमा दर खाने कार्यक्रमको आयोजना गरि चेलीहरुलाई समाजमा ठुलो सम्मान दिएकोमा रमणीय बाताबरण मिलाउनु भएकोमा कार्यसमिति तथा संस्थाका सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्नुभयोI


कार्यक्रमको समापन यस संस्थाको उपाध्यक्ष श्री राम चन्द्र पोखरेलले गर्नु भएको थियो| वहाले नेपाली समाज वेल्सको निमंत्रना लाई स्वीकार गरि आउनुहुने सम्पुर्ण महिला दिदि बहिनी हरुलाई धन्यवाद दिदै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने बलराम अधिकारी (खानपीन), अमर मल्ल (खानपीन र पिय पदार्थको ब्यबस्थापन), अमृत घले (संगीत), शालिकराम काफ्ले (मिठाई ब्यबस्थापन), विभूषनमान श्रेष्ठ (टिकेटिङ्ग), मती प्रसाद पुन (सपिंग साथै पकाउने ठाउँको व्यवस्थापन) जिबन केसी (फोटोग्राफी) साथै सम्पुर्ण प्रत्येक्ष वाअप्रत्येक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो|

कार्यक्रम St. Alban Church, Splott मा आयोजना गरिएको थियो र संचालन संस्थाको सचिब श्री निर लाल मोक्तानले गर्नु भएको थियो| कार्यक्रम साझको १७:३० मा सुरु भएको उक्त कार्यक्रम स्वादिस्ट खानपिन र रमाईलो नांचगान पछि बेलुकी करिब २३:०० बजे समापन भएको थियो|



धन्यबाद |



No comments:

Post a Comment