ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Saturday, 7 November 2015

२०७२ सालको दशै तथा तिहार कार्यक्रम भव्यताका साथ सम्पन्न|


३१ अक्टोबर २०१५, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७२/२०१५ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७२/२०१५ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो



संस्थाका सचिब श्री निर लाल मोक्तान ज्यूले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदिने आशा र विश्वासका साथ साथै यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम शुरु गर्नु भएको थियो | नेपाली तथा वेल्सको रास्ट्रिय गानले रन्केको कार्यक्रमको बाताबरण अझ धेरै रोचक थियो |



कार्यक्रममा संस्थाका अध्यक्ष श्री मति प्रसाद पुन ज्यूले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना संदेश दिनुभएको थियो |

कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा हाम्रा भाई बहिनीहरुको गीत र नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो |

सास्कृतिक कार्यक्रम पछि नेपालमा गएको भूकम्पले प्रभावित परिवारको सहयोग लागि सहयोग गर्नु हुने संपुर्ण संघ संस्थालाई सम्मान गर्ने कार्यक्रम रहेको थियो| जसमा साफाका म्यानेजर श्री मार्क नरकोम्बेलाई प्रसंसा प्रमाणपत्र साथै खादा लगाई नेपाली समाज वेल्सका अध्यक्ष श्री मती प्रसाद पुन ज्यूले सम्मान गर्नु भएको थियो| उक्त अवसरमा साफाका म्यानेजर श्री मार्क नरकोम्बेले यसरी सम्मान गरेकोमा खुसीहुदै नेपाली समाज वेल्सलाई धन्यवाद दिनु भएको थियो|



आफ्ना गीत र नृत्यहरुले उपस्थित महानुभाबलाई मन्त्रमुग्द बनाउने भाई बहिनीहरुलाई यस समाजका अध्यक्ष श्री मती प्रसाद पुनज्यूले उपहार स्वरूप फुलको गुच्छा दिई सम्मान गर्नु भएको थियो |




तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको आयोजना गरिएको थियो | सदा झैँ यसपालिको देउसी भैलोमा बिशेष रोल खेलुहुने सम्पूर्ण महानुभाबहरु प्रति संस्था हार्दिक आभार ब्यक्त गर्दछ

कार्यक्रमको अन्तमा नेपाली समाज वेल्सका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले औपचारिक कार्यक्रम अन्त भएको घोसना गर्नुको साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न हुने सम्पूर्ण महानुभाबहरु खानपिनमा श्री मति प्रसाद पुन, श्री बिर बहादुर गुरुङ, श्री बलराम अधिकारी, श्री विभूषणमान श्रेष्ठ, श्री श्याम गुरुङ र श्री उमेश थापा टिकेटमा- श्री विभूषणमान श्रेष्ठ, श्री बलराम अधिकारी र श्री अमर मल्ल फोटोग्राफीमा- श्री जीवन के. सी र श्री जस बहादुर कन्दंवा, सपिंगमा-श्री राम चन्द्र पोखरेल, हल सजावटमा-श्री प्रकाश गुरुङ,श्री श्याम गुरुङ, कार्यक्रम व्यवस्थापन – श्री निर लाल मोक्तान, संस्कृतिक कार्यक्रम ब्यबस्थापन- अमृत घले र श्री उमेश थापा लगायत अन्य सम्पूर्ण कार्यसमितिका महानुभाबहरु, सदस्य महानुभाबहरु र शुभचिन्तक महानुभाबहरुप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो |       



धन्यवाद |


No comments:

Post a Comment