
Sunday, 18 December 2016
क्यान्सर रिसर्च वेल्सको च्यारिटीमा सहभागीता

Sunday, 20 November 2016
आर्थिक सहयोग
आदरणीय नेपाली समाज वेल्सका सदस्य तथा शुभ चिन्तक महानुभाबहरु,
नेपाली समाज वेल्सका सदस्य श्री काली बहादुर लिम्बुको धर्म पत्नी श्रीमती जस कुमारी लिम्बुको असमायिक निधन भएको कुरा यहाँहरुमा सर्बबिधितै छ | नेपाली समाज वेल्सको बिधान अनुसार मृतकको अन्तिम संस्कारको लागि मृतकको परिवारलाई २००० पाउण्ड सहयोग गर्ने भन्ने अनुसार मृतकको परिवारलाई सो रकम अथासक्य चांडो जरुरि देखिएकोले र अहिलेको अवस्थामा नेपाली समाज वेल्स आर्थिक रुपमा सबल भईनसकेको हुँदा २० नोवेम्बेर २०१६ का दिन बसेको कार्यसमितिको बैठकले सदस्य तथा शुभचिन्तक हरु बाट सकेको आर्थिक सहयोग संकलन गरि नपुग रकम संस्थाको खाताबाट भरताल गर्ने गरि निर्णय गरिएको व्यहोरा अबगत गराईन्छ | सदस्य तथा शुभचिन्तकहरुबाट ईच्छा र गक्ष अनुसार सहयोगको अपेक्षा गर्दै गाईड लाईन स्वरूप ३० पाउण्ड र बढीमा आफ्नो स्वेच्छाले जतिपनि सहयोग गर्न सकिने व्यहोरा अबगत गराउन चाहन्छौं | यसै निर्णय बमोजिम सँस्था यहाँहरु समक्ष सहयोगको लागि हार्दिक अनुरोध गर्दछ|
Thursday, 17 November 2016
रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न |
आईतवार १३ नोभेम्बर २०१६, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न भयो| कार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलकोनेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो| पहिलो विश्व युद्द देखि एता विभिन्नयुद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सकोराजधानी कार्डिफको सिटी हलपछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढोअनुशासनका साथ परेडमा भाग लिएको देखिन्थ्यो |
Friday, 28 October 2016
दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो

Tuesday, 27 September 2016
दशैं + तिहार २०७३ मनाउने सम्बन्धि जानकारी
गत वर्षहरु जस्तै यस वर्ष पनि "नेपाली समाज वेल्स"ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०७३ कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरिएको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजू भाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार २०७३ कार्यक्रम सफल पार्न सहयोग गरिदिनुहुन र नेपाली चाडको भरपूर्ण मनोरंजन लिनु हुन् "नेपाली समाज वेल्स" हार्दिक अनुरोध गर्दछ|
Monday, 19 September 2016
संस्थाको चौथो महादिबेशन सम्पन्न

Wednesday, 20 July 2016
समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६ मा भव्यरुपमा सम्पन्न|
आदरणीय नेपाली समाज वेल्सका सम्पुर्ण महानुभाबहरु,
बिगतका बर्षहरुझैँ यस
बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६, शनिवारका दिन आयोजना
गरिएको थियो र उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका
नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने
कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Porthkerry Country Park मा आयोजना गरिएको
थियो | कार्डिफको भिढ़भाड भन्दा करिब १५ माईल पर बारी आइलैंडको
नजिक रहेको पार्क साचिक्कै मनमोहक थियो |
Monday, 11 April 2016
नयाँ बर्ष २०७३ भव्यताका साथ सम्पन्न
नयाँ बर्ष २०७३ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका
विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई
सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका
पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
Subscribe to:
Posts (Atom)