Monday, 11 April 2016

नयाँ बर्ष २०७३ भव्यताका साथ सम्पन्न


नयाँ बर्ष २०७३ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|