नयाँ बर्ष २०७३ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको उक्त कार्यक्रममा वेल्सका
विभिन्न क्षेत्रबाट आउनुभएका नेपाली महानुभाबहरुको सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई
सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका
पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
संस्थाका सचिब श्री निरलाल मोक्तान ज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रमा अध्यक्ष श्री मती प्रसाद पुनज्यूले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुभएको थियो भने नेपाली नांचगान कार्यक्रमले भरिपूर्ण उक्तकार्यक्रमले नयाँ वर्षको कार्यक्रममा बेग्लै रौनक थपिएको थियो | साना साना भाईबहिनीहरु प्रस्तुतिले सम्पूर्ण दर्शक महानुभावहरुको मनलाई छोएको थियो |
यसै अबसरमा नेपाली समाज वेल्सका नया सदस्यता लिनुहुने श्री चक्र बहादुर
गुरुंग श्री योगेन्द्र गैरे र श्री दल बहादुर गुरुंग ज्युहरुलाई नेपाली समाज
वेल्सका अध्यक्ष श्री मती प्रसाद पुन ज्युले खादा लगाई सम्मान गर्नु भएको थियो|
२७ चैत्र २०७२ शनिवारका दिन रोथ कन्जरभेटिभ हलमा बेलुकी १८:०० बजे देखि २३:००
बजे सम्म भएको कार्यक्रमा सँस्थाका उपाध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले
कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम
ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरु श्री अमृत घले, बिर बहादुर गुरुङ, प्रकाश गुरुङ, श्री विभूषणमान
श्रेष्ठ, श्री बलराम अधिकारी,श्री शालिकराम काफ्ले, श्री पूर्ण चन्द्र लिम्बु, श्री श्याम गुरुंग, श्री
हर्क गुरुंग साथै प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई
हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो |
धन्यवाद |
No comments:
Post a Comment