ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 20 July 2016

समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६ मा भव्यरुपमा सम्पन्न|

आदरणीय नेपाली समाज वेल्सका सम्पुर्ण महानुभाबहरु,

बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम १६ जुलाई २०१६, शनिवारका दिन आयोजना गरिएको थियो र उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Porthkerry Country Park मा आयोजना गरिएको थियो | कार्डिफको भिढ़भाड भन्दा करिब १५ माईल पर बारी आइलैंडको नजिक रहेको पार्क साचिक्कै मनमोहक थियो |

वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा मौसम घमाइलो नभएपनि हरियो जंगलको बिचमा हरियो दुबो चौरमा सुनसान बातावरणमा नेपाली गीतका धुनले साथै दिदीबहिनी तथा दाजुभाईहरुको रमाइलो नाचगानले उपस्थित सम्पूर्ण महानुभाबहरुले भरपूर्ण आन्नद दिएको थियो |

कार्यक्रम सम्पन्न हुनु पुर्व नेपाली समाज वेल्सका अध्यक्ष श्री मती प्रसाद पुन ज्युले सम्पूर्ण उपस्थित साथीभाईहरुलाई आ-आफ्नो ब्यस्तताको बावजुतपनि उल्लेखनीय उपस्थित

भएकोमा साथै युके घुम्न आउनु भएका सदस्य साथीहरुका आमा बुवाहरु कार्यक्रममा उपस्थितभैं शोभा बढाई दिनु भएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो |
उक्त कार्यक्रममा, प्रगति तथा साहासी काम गर्ने यस समाजका सदस्य साथीहरुलाई खादा लगाई सम्मान गर्नु भयो|

बिहान करिब ११ बजे शुरु भएको यस समर बार्बिक्यु  कार्यक्रम विभिन्न कार्यक्रमका साथ बेलुकी करिब ७ बजे समापन भएको थियो |

समर बार्बिक्यु २०१६ कार्यक्रममा सामेल भई सहयोग गर्नुहुने वेल्स निवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, निमन्त्रणा स्वीकार गरि कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम भब्य रुपमा सफल पार्न आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ र  आगामी दिनहरुमा पनि यस्तै गरि सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त हुन् चाहन्छ |

धन्यवाद !

No comments:

Post a Comment