Friday, 28 October 2016

दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो

२२ अक्टोबर २०१६, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७३/२०१६ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो