ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Friday, 28 October 2016

दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो

२२ अक्टोबर २०१६, शनिवार, नेपाली समाज वेल्सको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको बिचमा पारेर  दशैं + तिहार २०७३/२०१६ मनाउने कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं+तिहार २०७३/२०१६ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा  दिदीबहिनीहरुको सहभागिता रहेको थियो



संस्थाका सचिब श्री निर लाल मोक्तानले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम शुरु गर्नु भएको थियो | नेपाली तथा वेल्सको राष्ट्रिय गानले रन्केको कार्यक्रमको बाताबरण अझ धेरै रोचक थियो 

कार्यक्रममा संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेलले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना संदेश दिनुभएको थियो |

कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसमा स-साना भाई बहिनीहरुदेखि दाजुभाई तथा दिदिबहिनीहरुको राम्रो सहभागिता थियो| सहभागि कलाकारहरुको गीत र नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो |

सास्कृतिक कार्यक्रम सुरुहुन पुर्व नयाँ कार्य समितिको परिचय साथै पुरानो कार्य समितिका सदस्यहरुलाई धन्यवाद साथै प्रसंसा पत्र दिने कार्यक्रम रहेको थियो|



तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको आयोजना गरिएको थियो |

कार्यक्रमको अन्तमा नेपाली समाज वेल्सका उपाध्यक्ष श्री अमृत घलेले औपचारिक कार्यक्रम अन्त भएको घोषणा गर्नुको साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न हुने सम्पूर्ण महानुभाबहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो |       

धन्यवाद |

No comments:

Post a Comment