आईतवार १३ नोभेम्बर २०१६, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१६ भब्य रुपमा सम्पन्न भयो| कार्यक्रमको अबसरमा नेपाली समाज वेल्सको तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलकोनेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो| पहिलो विश्व युद्द देखि एता विभिन्नयुद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सकोराजधानी कार्डिफको सिटी हलपछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो| विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढोअनुशासनका साथ परेडमा भाग लिएको देखिन्थ्यो |
बिहान ठिक ११ बजे युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेटमौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट सर्जेन्ट चित्र बहादुर राईले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो | कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई चियापानको साथ कार्यक्रमबिसर्जन गरिएको थियो| यसरी बिदेशी माटोमा आएर पनि नेपाली पन कति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधैआत्मसाथ गर्दै बिदेशीकासामु आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा बोकेर हिड्ने प्रत्येक नेपालीदाजुभाईप्रति नेपाली समाज वेल्स हार्दिक आभार, गौरब र धन्यवाद प्रकट गर्दछ र भबिष्यमा पनि यसरीनै आपसी सदभाबका साथ अगाडीबढिरहन हौसला मिलेको पनि सँस्था ठहर गर्दछ|

No comments:
Post a Comment