वेल्स, बेलायत - आईतवार १२ नोभेम्बर २०१७, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ
काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०१७ भब्य रुपमा सम्पन्न भयो|
कार्यक्रमको अबसरमा नेपाली समाज वेल्स, यूकेको
तर्फबाट अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक
सदस्यहरुका साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो| पहिलो विश्व युद्द देखि
ताजा खबर ..
अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन
Sunday, 12 November 2017
Saturday, 21 October 2017
दशैं र तिहारको कार्यक्रम भव्यताका साथ सम्पन्न |
१४ अक्टोबर २०१७, शनिवार, नेपाली समाज वेल्स, युकेको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको
बिचमा पारेर दशैं + तिहार २०७४/२०१७ मनाउने
कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा
रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र
परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो
मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा
लिइएको यस दशैं+तिहार २०७४/२०१७ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
संस्थाका सचिब श्री निर लाल मोक्तान ज्युले
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी
सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी
माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र
विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त
कार्यक्रम अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात
गर्नु भएको थियो |
Monday, 9 October 2017
बडा दशैं तथा शुभ दिपावली २०७४ को शुभ उपलक्ष्यमा सम्पूर्ण
नेपाली दाजूभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय
शुभकामना ब्यक्त गर्दै यस पुनित अबसरमा
सम्पूर्ण नेपाली परिवारको शुख, शान्ति
एबं समृद्धिको कामना
गर्दछौं |
गर्दछौं |
दशैं - तिहार २०७४ मनाउने सम्बन्धि जानकारी
गत वर्षहरु जस्तै यस वर्ष पनि "नेपाली समाज वेल्स, यू. के."ले आफ्नो कला र संस्कृतिलाई निरन्तरता दिने र वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भरपूर्ण मनोरंजन दिने उद्देश्यले यसपालिको दशैं र तिहारको उपलक्षमा विभिन्न सास्कृतिक कार्यक्रमका साथ दशैं-तिहार २०७४ कार्यक्रम भब्य रुपमा मनाउने तयारी गरिएको छ | यस कार्यक्रममा वेल्स निवासी सम्पूर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई उपस्थित भई दशैं-तिहार पर्बको भरपूर्ण मनोरंजन लिनु हुन् "नेपाली समाज वेल्स, यू .के." हार्दिक अनुरोध गर्दछ|
Tuesday, 12 September 2017
बार्षिक साधारण सभा एबं विषेश अधिवेशन सम्बन्धि जानकारी
नेपाली समाज
वेल्स आफ्ना सम्पूर्ण सदस्य महानुभावहरुलाई यही आउदो सेप्टेम्बर २४ आईतबारका दिन, दिनको १२:०० बजे देखि४:०० बजे सम्म Cathays
Youth and Community Centre (36 Cathays Terrace, Cardiff CF24 4HX) मा बार्षिक साधारण सभाकोसाथै विषेश अधिवेशन हुन
गैरहेको जानकारी गराउछ र उपस्थितको लागि हार्दिक अनुरोध गर्दछ |
यस कार्यक्रममा
यहाँहरुको उपस्थित अतिनै महत्वपूर्ण हुनेछ किनभने यस कार्यक्रममा गएको एक बर्ष
नेपाली समाज वेल्सले गरेका विभिन्न कार्यक्रम र आयव्ययको बिबरणका जानकारीका साथै
आगामी वर्षमा यस संस्थाले गर्ने कामहरुको योजना तर्जुमा गर्नेछ |
अर्को
महत्वपूर्ण काम भनेको यस संस्थाको
संबिधानको धारा, नियम र उपनियमहरुका बारे छलफल गरी आवस्यकता अनुसार संशोधन गर्नुपर्ने देखिएको
हुँदा त्यस सम्बन्धि बिशेष छलफलका साथ बिधान संशोधन गर्न प्रयासरत रहने जानकारी
अबगत गराईन्छ | यसको लागी यहाँहरुको सल्लाह र सुझाभ अतिनै महत्वपूर्ण हुनेहुँदा सम्पूर्ण
सदस्य महानुभाबहरुको उपस्थितको लागि फेरी
पनि हार्दिक अनुरोध गरिन्छ|
धन्यवाद |
Thursday, 31 August 2017
नेपाली चेलीहरुको महान पर्ब तीज मनाउने कार्यक्रम सम्पन्न
१९ अगष्त २०१७ शनिवारका दिन नेपाली समाज वेल्सले चेलीबेटीहरुको तीज
पर्बको अबसरमा
चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो जसमा धेरै भन्दा धैरे चेलीबेटीहरु उपस्थित
भइ तिज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो I
बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाटका साथै आफ्नो चाड मनाउन पाउँदा चेलीहरु हर्षले गद गद हुदै तीजको गीतमा दिल खोलेर
नाच्नु भएको थियो |
Thursday, 13 July 2017
चेलीहरुलाई तिजको दर खान निमन्त्रणा
गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्ष्यमा नेपाली समाज वेल्सले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको खबर सुनाउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ | कार्यक्रममा चेलीहरुको लागि मात्र प्रबेशको ब्यबस्था मिलाईएको छ |
Monday, 10 July 2017
समर बार्बिक्युको कार्यक्रम भव्यरुपमा सम्पन्न |
१ जुलाई २०१७, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि
नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु
भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग
रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby
Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो |
Tuesday, 20 June 2017
समर बार्बिक्यु सम्बन्धि जानकारी
२० जून २०१७ - सधै जस्तै यसपाली पनि संस्थाले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छ| काम र अन्य व्यस्ततालाई केहि समय बिर्सिएर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|
कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मक, परिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छ| यस्ता खालका कार्यक्रम सधै नभईरहने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
Saturday, 17 June 2017
पिकनिक कार्यक्रम
नयाँ वर्ष २०७४ मनाउने क्रममा सांगेतिक टोलीमा सहभागी दिदिबहिनी तथा साना
भाईबहिनीले धेरै सहयोग गरी नयाँ वर्षको कार्यक्रम भब्यताका साथ सफल वनाउन सहयोग
गरेकोमा साथै यसरी सधै सहयोगको भाबना जागृत हुदै जाओस भन्ने हेतुले उहाहरुलाई पनि प्रोत्सान
स्वरूप सहभागिता गराईएको थियो |
Monday, 17 April 2017
नयाँ बर्ष २०७४ मनाउने कार्यक्रम भब्य रुपमा सम्पन्न |
नृत्य प्रस्तुत गर्दै आमा समूह |
नृत्य प्रस्तुत गर्दैआयुष्मा, सबिना, प्रान्जिल र सिमरन |
Tuesday, 14 March 2017
नयाँ बर्ष २०७४ मनाउने सम्बन्धि जानकारी
नयाँ बर्षको आगमनले हरेक नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण यूकेमा बस्ने नेपालीहरु पनि यस खुशियालिबाट कदापी बन्चिंत हुन सक्दैनो| हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा यो नयाँ बर्ष २०७४ पनि भब्यताका सफल हुनेछ भन्नेमा हामीले पूर्ण आशा राखेका छौ |
Wednesday, 4 January 2017
वेल्सको कार्डिफमा तमु ल्हो-छार कार्यक्रम सम्पन्न
वेल्स / शनिवार ३१ डिसेम्बर २०१६, तमु समुदाय कार्डिफको आयोजनामा तमु ल्हो-छार पर्ब भब्य रुपमा सम्पन्न भयो |श्री अमृत घलेले संचालन गरेका उक्त कार्यक्रममा आ-आफ्नो सस्कृति झल्किने गुरुङ पोशाक र सझी-सजावट हलमा नेपाली रास्ट्रिय गानबाट कार्यक्रम सुरु भएको थियो | रमाइला नाच,गानका साथै विभिन्न परीकारका खान-पिनमा सबै जना मस्त देखिन्थे | उदघोसकबाट उपस्थित सबै जनालाई तमु ल्हो-छारको परिचय ,स्वागतका साथै सुभकामना व्यक्त गरिएको थियो | तेस्तै गरि नेपाली समाज वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलले ल्हो छारको शुभकामना संदेश दिनु भएको थियो भने सस्थापक अध्यक्ष श्री चित्र बहादुर राई र सदस्य श्री शुक्र राज गुरुङबाट स्वागत साथै सुभकामना मन्तब्य व्यक्त गरिएको थियो | तमु समुदाय कार्डिफको निमन्त्रणालाई सहर्स सुईकारी पाल्नुहुने नेपाली समाज वेल्सका पदाधिकारी दाजुभाई,दिदिबहिनि तथा नानिहरु , तेस्तै गरि ब्रेकन र कम्रान बासी तमु दाजुभाई,दिदिबहिनि,अनि नानिहरुको उपस्थितिले अझै सुनमा सुगन्ध झई भएको थियो |
Subscribe to:
Posts (Atom)