ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 4 January 2017

वेल्सको कार्डिफमा तमु ल्हो-छार कार्यक्रम सम्पन्न

वेल्स  / निवार ३१ डिसेम्बर २०१६, तमु  समुदाय  कार्डिफको  आयोजनामा तमु ल्हो-छार पर्ब  भब्य  रुपमा  सम्पन्न भयो |श्री अमृत घलेले संचालन गरेका उक्त  कार्यक्रममा आ-आफ्नो सस्कृति  झल्किने  गुरुङ पोशाक र सझी-सजावट  हलमा नेपाली रास्ट्रिय गानबाट  कार्यक्रम सुरु  भएको  थियो | रमाइला नाच,गानका  साथै विभिन्न परीकारका  खान-पिनमा सबै जना मस्त  देखिन्थे  | उदघोसकबाट उपस्थित  सबै जनालाई तमु ल्हो-छारको परिचय ,स्वागतका  साथै सुभकामना व्यक्त गरिएको थियो | तेस्तै गरि नेपाली  समाज वेल्सका  अध्यक्ष  श्री राम चन्द्र पोखरेलले ल्हो छारको शुभकामना  संदेश  दिनु भएको  थियो भने सस्थापक अध्यक्ष  श्री चित्र  बहादुर राई र सदस्य श्री शुक्र राज गुरुङबाट स्वागत  साथै सुभकामना मन्तब्य व्यक्त गरिएको थियो |  तमु  समुदाय  कार्डिफको  निमन्त्रणालाई  सहर्स सुईकारी  पाल्नुहुने नेपाली समाज वेल्सका पदाधिकारी दाजुभाई,दिदिबहिनि तथा  नानिहरु , तेस्तै गरि ब्रेकन र कम्रान बासी तमु दाजुभाई,दिदिबहिनि,अनि नानिहरुको उपस्थितिले अझै सुनमा  सुगन्ध  झई भएको थियो |
ल्हो छार  पर्ब  मनाउन  सम्पूर्ण  व्यवस्था  मिलाउने हाम्रा सहयोगी हातहरु : श्याम  बहादुर  गुरुङ , मान्धोज गुरुङ , शुक्र राज गुरुङ , चक्र  बहादुर  गुरुङ , प्रकाश गुरुङ , दिलिप गुरुङ , दल  बहादुर गुरुङ , शुक बहादुर गुरुङ र वहाहरुको परिवार प्रति  हार्दिक आभार ब्यक्त गरिन्छ | तमु आयोजक कमीटी कार्डिफको यो परिश्रमले गर्दा हामी सबैलाई यौटै छाता मुनि राख्न्न सफल भएको  अनुभूतिका  साथै  हाम्रो सस्कृति,हाम्रो पहिचान,हाम्रो गौरब, हामी जात - जाति भाषा-भाषीहरु पूर्व, पश्चिम , उत्तर, दक्षिण ,अनि संसारको जुनसुकै कुनामा बसो बास भएता पनि  र आ-आफ्नो रितिरिवाज मानेता पनि हामी सबै नेपाली हौ भनेर गौरब गर्नु  नै हाम्रो प्रमुख  पहिचान हो | त्यहि  गौरबका साथ तमु आयोजक कमिटीले हर्स - उल्लास का साथ तमु ल्हो छार पर्ब  भब्य  रुपमा सु - सम्पन्न  गरेको छ  |  
संयोजक : अमृत घले

No comments:

Post a Comment