ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 14 March 2017

नयाँ बर्ष २०७४ मनाउने सम्बन्धि जानकारी

याँ बर्षको आगमनले हरेक नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण यूकेमा बस्ने  नेपालीहरु पनि यस खुशियालिबाट कदापी बन्चिंत हुन सक्दैनो| हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा यो नयाँ बर्ष २०७४ पनि भब्यताका सफल हुनेछ भन्नेमा हामीले पूर्ण आशा राखेका छौ |

संसारको रित नै यो छकी मानिस जन्मे पछी नमरुन्जेल सम्म कहिल्यै  कामबाट फुर्सत हुदैन | सिक्काको दुई पाटो भने जस्तै जीवनको पनी दु:ख र सु:ख दुई पाटो हुन्छ जुन कहिले छुट्टीन सक्दैन केवल मात्रा मा मात्रै तल माथि हुन्छ, यही दु:ख र सु:ख को मात्रालाई सन्तुलन राख्न्न बेला बेलामा जीवनमा रमाइलो गरी राख्नु पर्छ जसले मन र मस्तिकलाई उर्जा दिई जीवनको दुखलाई आनन्दमा बदल्दै दिर्घजीबी बनाउछ|

नयाँबर्ष २०७४ ले हामी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरु लाई कल्याण गरुन, खुसीको बहार ल्याईदिउन, सम्पुर्ण अधुरो कामहरुले पूर्णता पाउन, सुस्वास्थ र समृधि ल्याउन भन्ने कामना गर्दै यस कार्यक्रममा उपस्थित भई सफल बनाउन बिनम्र अनुरोध गर्दछौ|

त्यसैले सधै जस्तै विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७४’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १५ अप्रिल २०१७ शनिवारका दिन नेपाली समाज वेल्सले ‘नयाँ बर्ष २०७४’ कार्यक्रम भब्य रुपमा मनाउन गहिरहेको छ |
आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरु बाट प्राप्त सहयोगको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ | 

कार्यक्रम स्थल : -
Roath Conservative Club,
(First Floor)
7-11 Cyril Crescent
Cardiff, CF24 1DQ
029 2049 6829
मिति:–  १५ अप्रिल २०१७ शनिवार

समय:– बेलुकी १८.०० बजे देखि २३.०० बजे सम्म

कार्यक्रम स्थल प्रवेशको लागि सहयोग शुल्क:-
६ बर्ष देखि १२  बर्ष सम्मका लागि – £५ 
१२  बर्ष भन्दा माथिका लागि – £१० 

५ बर्ष भन्दा मुनिका बाल बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ|
कार पार्किंग कार्यक्रम स्थल बाहिरको रोडमा गर्न सकिन्छ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं| कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ|

धन्यवाद !

No comments:

Post a Comment