Monday, 17 April 2017

नयाँ बर्ष २०७४ मनाउने कार्यक्रम भब्य रुपमा सम्पन्न |

नृत्य प्रस्तुत गर्दै आमा समूह 
नयाँ बर्ष २०७४ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ| विभिन्न कार्यक्रमले रंगिएको उक्त नयाँ बर्ष रमझममा आ-आफ्नो वेस्तता लाई थाती राखी वेल्सको विभिन्न ठाउमा बसोबासरत दाजुभाई तथा दिदिबहिहरुको उल्लेख्य सहभागिता रहेको थियो| बर्षमा कहिलेकाही यसरी भेटघाट भएर आफ्नो मातृभूमिलाई सम्झने र नेपाली दाजूभाई तथा दिदीबहिनीहरुलाई भेटघाट गर्ने रोमान्चित मौका पाउँदा सम्पूर्ण उपस्थित दाजूभाई तथा दिदीबहिनीहरु खुशीले गदगद हुनुहुन्थ्यो|
नृत्य प्रस्तुत गर्दैआयुष्मा, सबिना, प्रान्जिल र सिमरन  

संस्थाका सचिब श्री निरलाल मोक्तान ज्यूले संचालन गर्नुभएको उक्त कार्यक्रमा अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो | उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुको साथै कार्यक्रमलाई प्रत्येक्ष अप्रत्येक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो |
समाजसेबी जर्ज रोयललाई सम्मान गर्दै अध्यक्ष, साथमा  उपाध्यक्ष र सचिब  
नयाँ बर्षको अवसर पारि नेपाली समाज वेल्सले संस्थाको लोगो अंकित पोलो सर्ट सदस्यहरुका सामु बिक्रीमा ल्याएको छ | उक्त पोलो सर्ट निर्माण कार्यमा बिशेष योगदान पुर्याउनुहुने संस्थाका संस्थापक अध्यक्ष श्री चित्र बहादुर राई प्रति हार्दिक कृतज्ञता ब्यक्त गरिएको थियो |

नेपाली नांचगान र कमेडीले भरिपूर्ण उक्त कार्यक्रमले नयाँ वर्षको उत्सबमा बेग्लै रौनक थपेको थियो | श्रीमती कल्पना कन्दंवाले संचालन गर्नुभएको उक्त सांस्कृतिक कार्यक्रममा कलाकारहरु प्राजन पोखरेल, समिर अधिकारी, अभिजन देवकोटा, सिर्शक काफ्ले, लक्ष्मी अधिकारी, गमशुभ गुरुङ, सावित्री श्रेष्ठ, शोभा राणा पोखरेल ,प्रान्जिल पोखरेल, आयुष्मा श्रेष्ठ, आयुष श्रेष्ठ, पूर्ण चन्द्र लिंग्देन, उमेश थापा, सोनी शाहि मल्ल, सिमरन अधिकारी र सबिना मल्लको बिशेष प्रस्तुतिले उपस्थित जनमानसमा हर्षोल्लास थपेको थियो


०२ बैशाख २०७४ शनिवारका दिन रोथ कन्जरभेटिभ हल, कार्डिफमा बेलुकी १८:०० बजे देखि २३:०० बजे सम्म भएको नयाँ बर्ष रमझम कार्यक्रमा सँस्थाका उपाध्यक्ष श्री अमृत घले ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै बिशेष धन्यवाद खानपिन: श्री बिर बहादुर गुरुङ, श्री प्रकाश गुरुङ, श्री विभूषण श्रेष्ठ, श्री श्याम गुरुङ, श्रीमती सावित्री श्रेष्ठ, श्रीमती शोभा राणा पोखरेल र श्री बाबुराम खनाल, सजावट: श्री पूर्ण चन्द्र लिम्बु, श्री अमर मल्ल र श्री उमेश थापा, प्रवेश ब्यबस्थापन: श्री विभूषण श्रेष्ठ र  श्री बलराम अधिकारीका साथै प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग पुर्याउनुहुने सम्पुर्ण महानुभावहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो |


No comments:

Post a Comment