१ जुलाई २०१७, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि
नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | वेल्समा रहनु
भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग
रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby
Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो |
मौसमले राम्रो साथ दिएको उक्त
कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा
दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो | कार्यक्रमको अर्को आकर्षक थियो
नेपालको सांगेतिक क्षेत्रका उदयमान गायिका साथै नायिका बिष्णु चेम्ज्योंग | उहाँको
प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध बनाउनु
भएको थियो| कार्यक्रमको शुरुवातमा नेपाली समाज वेल्सका अध्यक्ष श्री राम चन्द्र
पोखरेलले नेपाली समाज वेल्सको तर्फ बाट उहाँलाई खादा लगाउनका साथै फुलको गुच्छा दिई सम्मान
गर्नु भएको थियो भने कार्यक्रम नेपाली समाज वेल्सका सचिव श्री निरलाल मोक्तानले संचालन
गर्नु भएको थियो |बिहान करिब १२ बजे शुरु भएको यस समर बार्बिक्यु कार्यक्रम विभिन्न
कार्यक्रमका साथ बेलुकी करिब ८ बजे समापन भएको थियो |समर बार्बिक्यु २०१७ कार्यक्रममा सामेल भई
सहयोग गर्नुहुने वेल्स निवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु, निमन्त्रणा स्वीकार गरि
कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम भब्य रुपमा सफल पार्न
आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य
तथा शुभचिन्तक महानुभाबहरु बिशेष गरी श्री बिरबहादुर गुरुङ, श्रीमती लक्ष्मी
अधिकारी, श्री आर सी पोखरेल, श्री कमल केशर चेनज्यंग, श्री पी सी लिंग्देल, श्री
श्याम गुरुङ, श्री वल राम अधिकारी, श्री प्रकाश गुरुङ, श्री पदम पुन, श्री चित्र
बहादुर राई, श्री गोपाल तामांग, श्री मती प्रसाद पुन, श्री शालिक राम काफ्ले, श्री
अमरध्वोज मल्ल, श्री राजेश राई, श्री निर लाल मोक्तान, श्री सन्दिप लिंग्देल, श्री
रोविन गुरुङ, श्री मानध्योज गुरुङ र श्री
विभूषणमान श्रेष्ठ प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ |आगामी दिनहरुमा पनि यस्तै गरि
सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त छ |
धन्यवाद !नेपाली समाज वेल्स |
No comments:
Post a Comment