ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Thursday, 31 August 2017

नेपाली चेलीहरुको महान पर्ब तीज मनाउने कार्यक्रम सम्पन्न

१९ अगष्त २०१७ शनिवारका दिन नेपाली समाज वेल्सले  चेलीबेटीहरुको तीज  पर्बको  अबसरमा  चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको थियो जसमा धेरै भन्दा धैरे चेलीबेटीहरु उपस्थित  भइ तिज कार्यक्रम भब्य रुपमा सम्पन्न भयो I 
नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर  रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ शहरमा हुने तीजको झझल्को मेटाउने  सकेसम्म मनोरन्जनात्मक बाताबरण तयार गर्ने उद्देस्यले यस संस्थाले  आयोजना  गरेको  कार्यक्रममा  नेपाली दिदीबहिनीहरुको राम्रो सहभागिता रहेको थियो |
बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाटका साथै आफ्नो चाड मनाउन पाउँदा चेलीहरु हर्षले गद गद हुदै तीजको गीतमा दिल खोलेर  नाच्नु  भएको थियो |
कार्यक्रममा नेपाली समाज वेल्सका अध्यक्ष श्री राम चन्द्र  पोखरेल ज्युले उपस्थित चेलिबेटीहरुलाई तिजको शुभकामना दिनु भएको थियो भने, समाजका उपाध्यक्ष श्री अमृत घले ज्युले कार्यक्रमलाई सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावहरु बिशेष गरि श्री बलराम अधिकारी, श्री विभुषनमान श्रेष्ठ, श्रीमती गमशोभा गुरुङ, श्रीमती संगीता गुरुङ, श्रीमती राधा घले, श्री श्याम गुरुङ, श्री अमरध्वोज मल्ल, श्री प्रकाश गुरुङ, श्री पूर्ण चन्द्र लिंग्देन, श्रीमती शोभा राणा पोखरेल र श्रीमती चित्रा देवकोटाका साथै प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैलाई धन्यवाद दिदै कार्यक्रमलाई समापन गर्नु भएको थियो | कार्यक्रम संचालन समाजका सचिव श्री निर लाल मोक्तान ज्युले गर्नु भएको थियो |


धन्यवाद |

No comments:

Post a Comment