Tuesday, 12 September 2017

बार्षिक साधारण सभा एबं विषेश अधिवेशन सम्बन्धि जानकारी

नेपाली समाज वेल्स आफ्ना सम्पूर्ण सदस्य महानुभावहरुलाई यही आउदो सेप्टेम्बर २४ आईतबारका दिन, दिनको १२:०० बजे देखि४:०० बजे सम्म Cathays Youth and Community Centre (36 Cathays Terrace, Cardiff CF24 4HX) मा बार्षिक साधारण सभाकोसाथै विषेश अधिवेशन हुन गैरहेको जानकारी गराउछ र उपस्थितको लागि हार्दिक अनुरोध गर्दछ |
यस कार्यक्रममा यहाँहरुको उपस्थित अतिनै महत्वपूर्ण हुनेछ किनभने यस कार्यक्रममा गएको एक बर्ष नेपाली समाज वेल्सले गरेका विभिन्न कार्यक्रम र आयव्ययको बिबरणका जानकारीका साथै आगामी वर्षमा यस संस्थाले गर्ने कामहरुको योजना तर्जुमा गर्नेछ |
अर्को महत्वपूर्ण काम भनेको यस संस्थाको  संबिधानको धारा, नियम र उपनियमहरुका बारे छलफल गरी  आवस्यकता अनुसार संशोधन गर्नुपर्ने देखिएको हुँदा त्यस सम्बन्धि बिशेष छलफलका साथ बिधान संशोधन गर्न प्रयासरत रहने जानकारी अबगत  गराईन्छ | यसको लागी यहाँहरुको सल्लाह र  सुझाभ अतिनै महत्वपूर्ण हुनेहुँदा सम्पूर्ण सदस्य महानुभाबहरुको  उपस्थितको लागि फेरी पनि हार्दिक अनुरोध गरिन्छ|



धन्यवाद |