१४ अक्टोबर २०१७, शनिवार, नेपाली समाज वेल्स, युकेको आयोजनामा नेपालीको महान चाडहरु दशैं र तिहारको
बिचमा पारेर दशैं + तिहार २०७४/२०१७ मनाउने
कार्यक्रम भव्यरुपमा सम्पन्न भयो | बिदेशी भूमिमा
रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र
परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो
मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा
लिइएको यस दशैं+तिहार २०७४/२०१७ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली
दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो |
संस्थाका सचिब श्री निर लाल मोक्तान ज्युले
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई भर्खरै मात्र गएको दशैं पर्बले हामी
सबैमा खुशी र रौनक छोडेर गएको र एकदमै नजिकिएको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी
माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र
विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त
कार्यक्रम अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात
गर्नु भएको थियो |
कार्यक्रममा संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले
सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना संदेश दिनुका साथै
यसको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो |
कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसलाई संस्थाका सदस्य श्रीमती कल्पना कन्दंवा ज्युले संचालन गर्नु भएको थियो |
उक्त कार्यक्रमलाई स-साना भाई बहिनीहरुदेखि आमा
समूहहरुको राम्रो सहभागिता रहेको थियो| सहभागि कलाकारहरु शुश्री खुशी देवकोटा, शुश्री मुश्कान देवकोटा ,शुश्री आयुष्मा श्रेष्ठ, शुश्री सिमरन अधिकारी, शुश्री शौभाग्य
मोक्तान ,शुश्री प्रान्जिल पोखरेल, शुश्री सबिना मल्ल ,श्री प्राजन पोखरेल, श्री समिर अधिकारी, श्री सिर्शक काफ्ले, श्री अभीजन देवकोटा, शुश्री सुजेना गुरुङ, श्रीमती जसमिन गुरुङ, श्रीमती सोनी शाही, श्रीमती गमशोभा गुरुङ, श्रीमती सावित्री श्रेष्ठ, श्रीमती लक्ष्मी केसी र श्रीमती शोभा
राणा पोखरेल ज्युहरुको
नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो |
नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो |
सास्कृतिक कार्यक्रमको मध्यमा आर्थिक वर्ष २०१६/२०१७मा शैक्षिक योग्यता हासिल गर्ने श्री सरोज चेम्जोंग, श्री सन्दीप लिम्बु, श्री तुम्बेहांग तुम्बाहाम्फे, शुश्री सिमरन अधिकारी, शुश्री आयुष्मा श्रेष्ठ, शुश्री सबिना मल्ल, श्री आयुष मान श्रेष्ठ र श्री आभास देवकोटा ज्युहरुलाई संस्थाको अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्युले बधाई साथै प्रसंसा पत्र वितरण गर्नु भएको थियो|
तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन
चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी
भैलोको आयोजना गरिएको थियो |
कार्यक्रमको अन्तमा सँस्थाका उपाध्यक्ष
श्री अमृत घले ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण
महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी
महानुभावहरु श्री बिर बहादुर गुरुङ, श्री विभूषणमान
श्रेष्ठ, श्री वलराम अधिकारी, श्री पूर्ण चन्द्र
लिम्बु, श्री श्याम गुरुंग र श्री अमर मल्ल ज्युहरुका साथै प्रत्येक्ष
तथा अप्रत्येक्ष सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन
गर्नु भएको थियो|
नेपाली समाज वेल्स, युके
No comments:
Post a Comment