१८ फेब्रुअरी २०१८ आईतवार - नेपाली दुताबास लन्डनले पहिलो पटक राष्ट्रिय प्रजातन्त्र दिवस लन्डन वाहिर वेल्सको राजधानी कार्डिफमा भव्यरुपमा सम्पन्न गरेको छ |
नेपाली दूतावासको निमन्त्रणामा वेल्सबाट प्रतिनिधित्व गर्ने सांसद, मेयर, उपमेयर, काउन्सिलरहरु साथै विभिन्न संघ संस्थाका उच्चपदस्त प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुका साथै बेलायति पाहुनाहरुको भब्य सहभागिता रहेको थियो |
नेपाली दूतावासका डेपुटी चिफअफ मिसन श्री शरद राज आरनज्युले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय गानवाट कार्यक्रमलाई सुरुवात गरिएको थियो भने राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा सम्पूर्ण सहभागी महानुभाबहरुमा शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो| नेपाल र बेलायतको पुरानो सम्बन्ध वारे प्रकाश पार्दै महामहिम डा सुबेदीले नेपालीहरुका हितका लागि योगदान पुर्याउने बेलायत सरकार, बेलायती जनता र विभिन्न संग सँस्थाहरुप्रति खुशी व्यक्त गर्नु भएको थियो |