१८ फेब्रुअरी २०१८ आईतवार - नेपाली दुताबास लन्डनले पहिलो पटक राष्ट्रिय प्रजातन्त्र दिवस लन्डन वाहिर वेल्सको राजधानी कार्डिफमा भव्यरुपमा सम्पन्न गरेको छ |
नेपाली दूतावासको निमन्त्रणामा वेल्सबाट प्रतिनिधित्व गर्ने सांसद, मेयर, उपमेयर, काउन्सिलरहरु साथै विभिन्न संघ संस्थाका उच्चपदस्त प्रमुखहरुको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा देशका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुका साथै बेलायति पाहुनाहरुको भब्य सहभागिता रहेको थियो |
नेपाली दूतावासका डेपुटी चिफअफ मिसन श्री शरद राज आरनज्युले संचालन गर्नुभएको उक्त कार्यक्रममा नेपाल र बेलायतको राष्ट्रिय गानवाट कार्यक्रमलाई सुरुवात गरिएको थियो भने राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवसका अबसरमा सम्पूर्ण सहभागी महानुभाबहरुमा शुभकामना तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो| नेपाल र बेलायतको पुरानो सम्बन्ध वारे प्रकाश पार्दै महामहिम डा सुबेदीले नेपालीहरुका हितका लागि योगदान पुर्याउने बेलायत सरकार, बेलायती जनता र विभिन्न संग सँस्थाहरुप्रति खुशी व्यक्त गर्नु भएको थियो |
त्यस्तै गरि कार्यक्रमका चिफ गेस्ट माननीय श्री क्रीस डेविसज्युले नेपाली राष्ट्रिय प्रजातन्त्र दिवस वेल्सको राजधानी कार्डिफमा आई मनाउन पाएकोमा खुशी व्यक्त गर्दै नेपाल र बेलायतको सम्वन्ध अझै मजबुत हुदै जानमा यस कार्यक्रमले बिशेष भूमिका खेल्नेमा बिस्वस्त हुँदै यस्ता खालका कार्यक्रमहरु लण्डनमा मात्र नभएर देशका विभिन्न सहरमा आयोजना गर्न सुरुवात गरेकोमा नेपाली दुताबासप्रति खुशी ब्यक्त गर्नु भयो|
कार्यक्रममा सहभागी सम्पूर्ण महानुभाबहरुमा नेपाली कला र संस्कृतिको पहिचान तथा मनोरंजन दिने उद्देश्यले कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने सांस्कृतिक कार्यक्रम प्रस्तोता श्रीमती लक्ष्मी अधिकारीका साथमा कलाकारहरु शुश्री मेरिना बुरा, शुश्री मुना थापा ,शुश्री आयुष्मा श्रेष्ठ, शुश्री सिमरन अधिकारी, शुश्री शौभाग्य मोक्तान ,शुश्री प्रान्जिल पोखरेल, शुश्री सबिना मल्ल ,श्री प्राजन पोखरेल, श्री समिर अधिकारी, श्री प्रदिप सुबेदी, शुश्री सुप्रिया योद्या, शुश्री रोहिता तुम्बापो, शुश्री प्रजिता तुम्बापो, श्री भुसन संवा, श्री रोसन योद्या, श्री सुसन ईन्डीन्गो र श्रीमती सोनी शाहीज्युहरुको नेपाली नृत्यले उपस्थित महानुभाबलाई मन्त्र मुग्द बनाएको थियो |
राजदुत महामहिम डा. दुर्गा बहादुर सुबेदीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस भब्य रुपमा सफल पार्न प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो|
No comments:
Post a Comment