ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Monday, 5 March 2018

Presentation Skill Development Programme सम्बन्धि जानकारी


बिशेषगरि हाम्रा समाजमा रहनुभएका सम्पूर्ण महानुभाबहरुका माझ विभिन्न सहयोगात्मक कार्यक्रमहरु आयोजना गर्दै हामी संग भएका प्रतिभाहरुको पहिचान गर्दै थप हौशला प्रदान गर्न पहल गर्ने प्रतिबद्दता अनुरुप नेपाली समाज वेल्सले पहिलो प्रयास स्वरूप Presentation Skill Development Programme आयोजना गरेको यहाँहरुमा अबगत गराईन्छ |

यस कार्यक्रम हालका लागि विशेषत युवा भाई बहिनीहरुमा केन्द्रित गरिएको र जसका लागि सहभागीले रोजेको कुनै पनि विषयमा करिव ५ देखि १० मिनेट सम्मको प्रेजेन्टेसन उपस्थित महानुभावहरुको अगाडी प्रस्तुत गर्ने अवसर प्रदान गरिनेछ | यसले हाम्रा युवा भाईबहिनीहरुलाई धेरै मानिसहरुको अगाडी आत्मविश्वासका साथ वोल्ने कलाको विकास एबं आफ्नो मनमा लागेका कुरा प्रस्ट संग राख्न सक्ने क्षमताको बृद्दी होस् भन्ने हो | 

युवावर्ग हाम्रा समाजका भविष्यका कर्णधार भएको हुँदा वहाँहरुलाई हामीले जति वलियो बनाउन सक्यौ त्यतीनै हाम्रो समाज बलियो हुने हुँदा नेपाली समाज वेल्सले यसलाई विशेष ध्यान दिएर युवा वर्गहरुलाई समेट्ने कार्यक्रमहरु ल्याउनु पर्छ भन्नेमा सम्पूर्ण कार्यसमितिका महानुभाबहरु एकमत हुँदै यस कार्यक्रमको आयोजना गरिएको र यसकोलागी हाम्रा समाजका सम्पूर्ण सदस्य तथा शुभचिन्तकज्युहरुको पनि उत्तिकै सहयोगको अपेक्षा राखिएको छ | कृपया आ आफ्नो परिवारका सदस्यहरुमा यस कार्यक्रम सम्बन्धि जानकारीका साथ सहभागी हुन् प्रोत्साहन गर्नुहुन हार्दिक अनुरोध छ |


यस कार्यक्रमले हाम्रा समाजका बर्तमान तथा भाबी पुस्तामा दिनानुदिन सामना गर्नुपर्ने बिभिन्न Educationl, Career एबं अन्य दौरानमा केहि हद सम्म सहयोग पुगोस र सबैभन्दा ठुलो कुरा हामी संगै रहेका हाम्रा युवा बाबु नानीहरुलाई नजिकबाट नियाल्दै उहाँहरुको जीवनका पाईलाहरुमा होस्टेमा हैंसे गर्दै अगाडी बढ्ने अबसरको रुपमा यस कार्यक्रमलाई लिईएको छ | त्यसैले भोलि होईन आजनै आ आफ्ना बाबु नानीहरुलाई कार्यक्रममा सहभागी हुन् हौशला दियौं |

नेपाली समाज वेल्सले यस कार्यक्रमलाई पहिलो प्राथमिकमा राखेको हुँदा यसलाई निरन्तरता दिनेमा नेपाली समाज वेल्समा कुनै दुई मत छैन|

कार्यक्रम मिति:  १७ मार्च २०१८
स्थान: रोथ कन्जरभेटिभ क्लब 
समय: दिनको ठिक १२:०० बजे 
Presentation दिने सहभागीको नाम दर्ताको लागि:  श्री अमर मल्ल र श्री विभूषणमान श्रेष्ठ  
दर्शक सहभागिता: प्रवेश निशुल्क, दर्शक सहभागिताको नाम दर्ताको लागि संस्थाका सचिब श्री निर लाल मोक्तान वा कार्यसमितिका कुनैपनि पदाधिकारी मार्फत सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ |

कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा कृपया सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ |

धन्यवाद |

No comments:

Post a Comment