नयाँ बर्षको आगमनले हरेक
नेपालीको घर आँगनमा नयाँ जोस, जागर, उत्साह र खुशियालीले प्रबेस गरिरहेको क्षणमा हामी सम्पुर्ण
यूकेमा बस्ने नेपालीहरु पनि यस खुशियालिबाट कदापी वन्चित हुन सक्दैनौं | हामी नेपालको बिभिन्न ठाउँ बाट आई यहाँ एकै परिवारको रुपमा
बसी सबै सामाजिक कामहरुमा एकजुट भई सबै कार्यक्रमहरु सफल बनाउदै आइरहेकोमा
यसपालिको नयाँ बर्ष २०७५ पनि भब्यताका साथ सम्पन्न हुनेछ भन्नेमा हामी पूर्ण
आशाबादी छौ |
संसारको रित नै यो छकी मानिस
जन्मे पछी नमरुन्जेल सम्म कहिल्यै विभिन्न परिवेशबाट फुर्सदिलो हुदैन | सिक्काको दुई पाटो भने जस्तै जीवनको पनी दु:ख र सु:ख दुई
पाटो हुन्छ जुन कहिले छुट्टीन सक्दैन केवल मात्रामा मात्रै तल माथि हुन्छ, यही दु:ख र सु:ख को मात्रालाई सन्तुलन राख्न्न बेला बेलामा
रमाइलो गरी राख्नु पर्छ जसले मन र मस्तिकलाई उर्जा दिई जीवनको यात्रालाई आनन्दित
बनाउदै दिर्घजीबी बनाउंछ |
त्यसैले सधै जस्तै विभिन्न
सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथमा नेपाली ‘नयाँ बर्ष २०७५’ लाई हर्ष
र उल्लासका साथ स्वागत गर्ने अभिप्रायले आउँदो १४ अप्रिल २०१८ शनिवारका दिन नेपाली
समाज वेल्स, यूकेले ‘नयाँ बर्ष
२०७५’ कार्यक्रम भब्य रुपमा मनाउन गहिरहेको छ |
आफ्नो संस्कृति र परम्परालाई
निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा यहाँहरुबाट प्राप्त सहयोगको लागि हार्दिक
कृतज्ञता ज्ञापन गर्दै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण
स्थान रहने छ भन्ने कुरामा बिश्वस्त छौँ |
कार्यक्रम स्थल : -
Roath Conservative Club,
(First Floor)
7-11 Cyril Crescent
Cardiff, CF24 1DQ
029 2049 6829
मिति:– १४ अप्रिल २०१८ शनिवार
समय:– बेलुकी १७:३० बजे देखि
२२.३० बजे सम्म
कार्यक्रम स्थल प्रवेशको
लागि सहयोग शुल्क:-
६ बर्ष देखि १२ बर्ष सम्मका लागि – £६
१२ बर्ष भन्दा माथिका लागि – £१२
५ बर्ष भन्दा मुनिका बाल
बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ|
कार पार्किंग कार्यक्रम स्थल
बाहिरको रोडमा गर्न सकिन्छ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो
क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं| कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको
ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक
अनुरोध छ|
नयाँबर्ष २०७५ ले हामी
सम्पुर्ण नेपाली दाजु भाई तथा दिदीबहिनीहरुलाई कल्याण गरुन, खुसीको बहार ल्याईदिउन, सम्पुर्ण अधुरो कामहरुले पूर्णता पाउन, सुस्वास्थ र समृधि ल्याउन भन्ने कामना गर्दै यस कार्यक्रममा
उपस्थित भई सफल बनाउन सम्पूर्ण महानुभाबहरुमा
बिनम्र अनुरोध गर्दछौ|
धन्यवाद !
No comments:
Post a Comment