१४ अप्रिल २०१८ – नेपाली समाज
वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७५
साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा सम्पन्न भयो| विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका
सचिब श्री निरलाल मोक्तानज्यूले संचालन गर्नुभएको थियो भने अध्यक्ष श्री
राम चन्द्र पोखरेलज्यूले पानसमा बत्ती वाली कार्यक्रमलाई
सुरुवात गर्नु भएको थियो | उहाँले सम्पूर्ण
उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न प्रत्येक्ष अप्रत्येक्ष रुपमा सहयोग गर्ने
सम्पूर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद दिनु भयो|
नेपाली समाज वेल्स, यूकेलाई विभिन्न समयमा अनवरत रुपमा सहयोग गर्दै आईरहनुभएका महानुभावहरु द्वय श्री किथ
फिलिप्स र श्री तेज नाथ दाहालज्युहरुलाई कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरि प्रसंशा प्रमाण पत्र एबं खदा द्वारा सम्मान गरिएको थियो | त्यसै गरि संस्थाका आजीवन सदस्य बन्नु भएकोमा खुशी ब्यक्त गर्दै श्रीमान तथा श्रीमती वल थापाज्युलाई खदा लगाई नेपाली समाज वेल्स परिवारमा स्वागत गरिएको थियो |

सांस्कृतिक कार्यक्रमहरुले भरिपूर्ण उक्त
कार्यक्रममा विभिन्न नाचंगानाले त्यहाको
बातावरणमा बेग्लै रौनक थपेको थियो | श्रीमती कल्पना कन्दंवाज्युले
सन्चालन गर्नु भएको सांस्कृतिक कार्यक्रमलाई सहयोग गर्ने कलाकारहरुमा सुश्री खुशी देवकोटा, सुश्री मुश्कान देवकोटा, श्री शिर्षक काफ्ले, श्री प्राजन
पोखरेल,

०१ बैशाख २०७५ शनिवारका
दिन रोथ कन्जरभेटिभ हलमा बेलुकी १८:०० बजे देखि २३:०० बजे सम्म भएको कार्यक्रमा
सँस्थाका
उपाध्यक्ष श्री अमृत घलेज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने
सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण
सहयोगी महानुभावहरु: श्री प्रकाश गुरुङ, श्री विभूषणमान श्रेष्ठ, श्री पूर्ण चन्द्र लिम्बु, श्री श्याम गुरुङ, श्री अमर मल्ल, श्री वलराम
अधिकारी, श्री पदम पुनज्युहरुका साथै सम्पूर्ण कलाकारहरु एबं प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्ने सम्पुर्ण
महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो |
No comments:
Post a Comment