ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Friday, 6 July 2018

समर बार्बिक्यु २०१८ सम्बन्धि जानकारी


अघिल्ला बर्षहरु जस्तै यसबर्ष पनि नेपाली समाज वेल्सले समर बार्बिक्यु कार्यक्रम भब्य रुपमा आयोजना गर्ने भएको छकाम र अन्य व्यस्तताको बाबजुद पनि  केहि समय मिलायर नेपाली पनमा रम्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम पूर्ण रुपमा एकापसमा भेटघाट र शुख-दुखका अनुभब साटासाट गर्ने कोशे ढुङ्गोको रुपमा केन्द्रित रहने छ|
कुनै फर्मल कार्यक्रम नरहेको यस कार्यक्रम पूर्ण रुपमा मनोरन्जनात्मकपरिचयात्मक रहने तथा एक-आपसमा भलाकुसारी गर्ने अवसरका साथै नेपाली बातावरणले ओतप्रोत रहने हाम्रो बिश्वास रहेको छयस्ता खालका कार्यक्रमहरु बिरलै हुने हुँदा कार्यक्रममा उपस्थित तथा सहभागी भई भरपूर्ण मनोरंजन लिनुहुन सम्पूर्ण वेल्स निवाशी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुप्रति नेपाली समाज वेल्स हार्दिक अनुरोधका साथ निमन्त्रणा गर्दछ|
कार्यक्रम सम्बन्धि अन्य जानकारी 
मिती – २८  जुलाई २०१८ शनिवार

समय - १३:००देखि १८:००सम्म 

स्थान - St. Albans Rugby Football Club,
Tremorfa Park, Cardiff
02920496868



बिशेष अनुरोध: 
स्याटन्याभ लगाउँदा निम्न ठेगाना प्रयोग गर्नुहोला 

82 Whitaker Road, CF24 2RJ  (यो ठेगाना गाईडको लागि मात्र, कृपया ८२ नम्बरमा ढोका हान्न नजानुहोला) 

प्रवेश सहयोग शुल्क:

५ बर्ष भन्दा मुनि - निशुल्क

 ६ देखि १२ बर्ष सम्म - £५   

१२ बर्ष भन्दा माथिका लागि - £१०  

यातायात:
कार्यक्रम स्थलमा निशुल्क पार्किंगको व्यवस्था रहेको छ भने लोकल बसबाट यात्रा गर्नुहुने महानुभाबहरुले कार्डिफ बसको रुट न. १, २, र ६१ बाट सजिलै कार्यक्रम स्थल नजिकै पुग्न सकिने छ |


कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ |
धन्यवाद ! 

No comments:

Post a Comment