ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 29 July 2018

समर बार्बिक्यु २०१८ सम्पन्न

२८ जुलाई २०१८शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो | वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम ST. Albans Rugby Football Club, Tremorfa Park, Cardiff मा आयोजना गरिएको थियो | 
उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो |


दिनको करिब १ बजे शुरु भएको यस समर बार्बिक्यु कार्यक्रम विभिन्न कार्यक्रमका साथ बेलुकी करिब ७ बजे समापन भएको थियो | समर बार्बिक्यु २०१८ कार्यक्रममा सामेल भई सहयोग गर्नुहुने वेल्स निवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुनिमन्त्रणा स्वीकार गरि कार्यक्रममा पाल्नुहुने श्री सुबर्ण लिम्बु, अध्यक्ष - वेल्स गोर्खा कम्युनिटी कम्ब्रान, श्रीमती सिता राई, अध्यक्ष-आमा समुह कम्ब्रान, लगायत सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम सफल पार्न आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा सँस्था हार्दिक आभार ब्यक्त गर्दछ|

बिशेष धन्यवाद 
श्री बिरबहादुर गुरुङ, श्री पी सी लिम्बु, श्री विभूषणमान श्रेष्ठ, श्री मती प्रसाद पुन, श्री श्याम गुरुङ, श्रीमती गमशोभा गुरुङ, श्रीमती सावित्री कार्की, श्रीमती शोभा राणा पोखरेल, श्रीमती राधा घले, श्री निर लाल मोक्तान, श्री अमृत घले, श्री प्रकाश गुरुङ, श्री पदम पुन, श्री अमरध्वोज मल्ल प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ |आगामी दिनहरुमा पनि यस्तै गरि सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त छ |
धन्यवाद !

No comments:

Post a Comment