ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 26 August 2018

यस्तो रह्यो यूरोप भ्रमण

नेपाली समाज वेल्सयूकेका अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा ४७ जनाको जम्बो टोलिले बिशेष हर्ष  उल्लासका साथ यूरोप भ्रमण २०१८ भव्यताका साथ सम्पन्न गरेको  २० अगस्ट २०१८ सोमबारका दिन लण्डनको वेम्ब्लीबाट शुरु भएको उक्त भ्रमण Dover हुँदै Ferry को यात्रा मार्फत फ्रान्सको सिमाना Calais हुँदै यूरोप प्रवेश गरेको थियो भने भ्रमणको   पहिलो दिन बेल्जियमको Manneken Pis, Grand Place (Heart of Brussels), Automium   बेल्जियमको अन्य भागहरु भ्रमण गरि फ्रान्सको Saint Avold स्थित 4 Star hotel Avenue de Fayetteville मा बास बसेको थियो |

Sunday, 19 August 2018

४७ जनाको जम्बो टोलि यूरोप भ्रमण जादै

नेपाली समाज वेल्स, यूके ४७ जनाको जम्बो टोलि सहित यूरोप भ्रमण जादै छ | आफ्ना समाजमा रहेका दाजुभाई तथा दिदिबहिनिहरूमा केहि नौलो खालको कार्यक्रम आयोजना गर्ने उदेस्य अनुरुप यस कार्यक्रम आयोजना गरिएको हो | ५ दिन ४ रातको लागि आयोजना गरिएको यस यूरोप भ्रमण लन्डन हुदै बेल्जियम, जर्मनी, स्विजरल्याण्ड र फ्रान्सका मुख्य भागहरु भ्रमण तालिकामा रहेका छन | संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेलले नेतृत्व गर्नुभएको यस भ्रमणलाई बडी प्रभाबकारी बनाउनको लागि टिम लिडरहरु श्री अमृत घले, श्री पूर्ण चन्द्र लिम्बु र श्री अमर मल्ल चयन गरिएको छ भने भ्रमणमा मेडिकल सम्बन्धि आबस्यक हेरविचारको लागि श्रीमती शोभा राणा पोखरेललाई जिम्मा दीईएको छ | भ्रमणमा जाने आदरणीय महानुभाबहरुको नामावली निम्न प्रकार छ |

Friday, 10 August 2018

चेलीहरुलाई तिजको दर खान निमन्त्रणा

गत बर्षहरु जस्तै यसबर्ष पनि नेपाली चेलीहरुको तिज पर्बको उपलक्ष्यमा नेपाली समाज वेल्सले चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेको कुरा जानकारी गराउन पाउँदा खुशी ब्यक्त गर्दै उक्त कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गरिन्छ | 

कार्यक्रम मिति – शनिवार ८ सेप्टेम्बर
समय – १.०० देखि २.०० सम्म
कार्यक्रम स्थल - रोथ कन्जरभेटिभ क्लब