ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 26 August 2018

यस्तो रह्यो यूरोप भ्रमण

नेपाली समाज वेल्सयूकेका अध्यक्ष श्री राम चन्द्र पोखरेलको नेतृत्वमा ४७ जनाको जम्बो टोलिले बिशेष हर्ष  उल्लासका साथ यूरोप भ्रमण २०१८ भव्यताका साथ सम्पन्न गरेको  २० अगस्ट २०१८ सोमबारका दिन लण्डनको वेम्ब्लीबाट शुरु भएको उक्त भ्रमण Dover हुँदै Ferry को यात्रा मार्फत फ्रान्सको सिमाना Calais हुँदै यूरोप प्रवेश गरेको थियो भने भ्रमणको   पहिलो दिन बेल्जियमको Manneken Pis, Grand Place (Heart of Brussels), Automium   बेल्जियमको अन्य भागहरु भ्रमण गरि फ्रान्सको Saint Avold स्थित 4 Star hotel Avenue de Fayetteville मा बास बसेको थियो |




भ्रमणको दोश्रो दिन जर्मनीको Black forest  Cuckoo clock को भ्रमण गरिएको थियो जुन ठाउँमा Black Forest बाट निकालिएको काठबाट कुकूकुकू गर्ने घडी बनाईन्छ जुन घडी संसार भर प्रख्यात    https://www.cuckoopalace.com
Black forest  Cuckoo clock को भ्रमण पछि स्विजरल्याण्डको Rhine Falls, Lucerne City Tour, Lion Monument & Chapel Bridges जस्ता विश्व विख्यात ठाउँहरुको भ्रमण गरिबेलुकी स्विजरल्याण्डको Engelberg स्थित 3 star hotel H+ Hotel Sonnwendhof मा गई बास बसिएको थियो |

भ्रमणको तेश्रो दिन स्विस ब्रेकफास्ट पछि Engelberg   MtTitlis को रमणीय भ्रमण गरिएको थियो केबलकार बाट यात्रा गर्नुपर्ने उक्त ३२३८ मिटर अग्लो पहाडमाथि जाँदा सौन्दर्यले भरिपुर्ण प्रकृति देख्दा जीवनका सबैकुरा भुलेको महसुश हुन्थ्यो भ्रमण टोलीका सबै सदस्यहरु स्विजरल्याण्डको MtTitlis को हिउँमा चिप्लेटी खेल्न पाउँदा आफुलाई स्वर्ग पुगेको महसुस गर्थे |

 MtTitlis को रोमान्टिक भ्रमण पश्चात दिउसोको खाना खाई स्विजरल्याण्डकै अर्को अतिनै सुन्दर उपत्यका Interlaken को भ्रमण गरि Geneva तिर लागिएको थियो जेनेभा स्थित United Nations building, Broken Chair https://www.myswitzerland.com/en-gb/broken-chair-geneve.html Flower clock  जेनेभा सहरको अन्य सुन्दर भू भागको भ्रमण गरिएको थियो |सुन्दर सहरको भ्रमण पश्चात बेलुकी स्विजरल्याण्ड  फ्रान्सको बोर्डर नजिकै रहेको Adagio Geneve Saint Genis Pouilly मा आई बास बसिएको थियो |

 आरामदायी रात पछि बिहानीको कन्टिनेन्टल ब्रेकफास्ट संगै भ्रमणको चौथो दिन शुरु गरिएको थियो भने करिब  घन्टाको लामो यात्रा पछि पेरिसमा रहेको सबैभन्दा अग्लो पर्यटकीय आकर्षण Eiffel Tower को भ्रमण गरिएको थियो  Eiffel Tower को उचाई ३२४ मिटर रहेको  भने यसको नामकरण  ईन्जिनियर Gustave Eiffel को थरबाट राखिएको होजसको कम्पनीले आइफल टावर डिजाईन  बनाउने काम गरेको थियो दिन भरिको दौडा दौड  उकालो ओरालोले थाकेको शरीरलाई खानपान  केहि समयको आराम पछि भ्रमण टोलि Eiffel Tower को Illuminations तिर लागेको थियो रातको ठिक १० बजे हुने उक्त Illuminations ले सबैलाई पेरिस सहरको आनन्दमा डुबाएको थियो त्यसपछि बेलायतकी महारानी डायनाले उनको मृतु हुने दिन बेलुकी डिनर खाएको होटेल Ritz Paris को बाहिरी अबलोकन पछि उनको देहावसान भएको सुरुंगी मार्ग (Tunnel Pont de l'Alma)को अबलोकन  संगै पेरिस सहरको अन्य सौन्दर्यतालाई नियाल्दै बेलुकी करिब १२ बजे तिर होटेल तर्फ प्रस्थान गरिएको थियो |
4 Star hotel - Hotel Novotel Paris Orly Rungis को आरामदायी बसोबास  बिहानीको कन्टिनेन्टल ब्रेकफास्ट पछि भ्रमणको पाचौं दिन पेरिसको Seine River Cruise तिर लागिएको थियो करिब डेड घन्टाको क्रूजमा भरपूर्ण रमाईलो पछी पाँच दिने भ्रमणलाई बिट मार्दै २४ अगस्ट सुक्रवारका दिन बेलायत तर्फ लागिएको थियो आफ्ना समाजमा रहेका आमाबुवादाजुभाई तथा दिदिबहिनिहरूमा केहि नौलो खालको कार्यक्रम आयोजना गर्ने उदेस्य अनुरुप आयोजना गरिएको यस भ्रमणमा  दिन  रातको लागि लन्डन हुदै बेल्जियमजर्मनीस्विजरल्याण्ड  फ्रान्सका मुख्य भागहरुको राम्रो भ्रमण गरिएको थियो संस्थाका अध्यक्ष श्री राम चन्द्र पोखरेलको संयोजकत्वमा भएको यस भ्रमणलाई बडी प्रभाबकारी बनाउनको लागि टिम लिडरहरु श्री अमृत घलेश्री पूर्ण चन्द्र लिम्बु  श्री अमर मल्ल चयन गरिएको थियो भने भ्रमणमा मेडिकल सम्बन्धि आबस्यक हेरविचारको लागि श्रीमती शोभा राणा पोखरेललाई जिम्मा दीईएको थियो 


भ्रमणमा उत्साहपुर्बक सहभागी हुने आदरणीय महानुभाबहरुको नामावली निम्न प्रकार भोलामान गुरुङ, दुर्गादेवी गुरुङराम चन्द्र गुरुङमिश्रा गुरुङराम चन्द्र पोखरेलशोभा राणा पोखरेलप्रान्जिल पोखरेलप्राजन पोखरेलमेम कुमारी मल्लखैमति पुनबिर बहादुर गुरुङगम सुभ गुरुङबिरा शंकर राई पूर्ण चन्द्र लिम्बु, दिर्घा मायाँ गुरुङ लिम्बुगौ प्रसाद गुरुङकमला देवी गुरुङअमृत घलेराधा घले, अमृता मायाँ गुरुङ, कुमारी गुरुङपवित्रा गुरुङकल्पना कन्दंवाभिस्म कन्दंवारबिन्द्र बहादुर लिम्बु तुम्बाहाम्फेसशी प्रभा तुम्बाहाम्फेसुस्मा सम्बाहाम्फेसन्जोग सम्बाहाम्फेसाजन सम्बाहाम्फे, सिता राईगंगा राईनेत्र मायाँ सुनुवारमुलुकराज राईकुमारी राईदेवी थापा, कल्पना श्रेष्ठकमला थापाअमर धोज मल्ल, मन मायाँ लिम्बुबिप्लभ लिम्बुबिबेक लिम्बु, बम बहादुर लिम्बुप्रदिप सुबेदी, पवित्रा बोहोरा, राम कुमार श्रेष्ठगीता धौबाडेल  सप्त लच्छि राई | भ्रमण टोलीका सम्पूर्ण आदरणीय महानुभाबहरुमा भ्रमण सफल पार्न यहाँहरुले खेल्नुभएको भूमिका प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै भ्रमण टोलीका म्यानेजर रमाकान्त र क्याप्टेन टोम प्रति उहाँहरुले दिनुभएको प्रतेक सहयोग र मिठास व्यवहारप्रति हार्दिक कृतज्ञता ब्यक्त गर्दछौं |



















































धन्यवाद 
नेपाली समाज वेल्स, यूके 

1 comment:

  1. It has been a great lifetime experience for all of us. Thank You RC Pokharel sir for well organised.

    ReplyDelete