२९ सेप्टेम्बर
२०१८, शनिवारका दिन संस्थाको पाचौ महाधिबेशन
सम्पन्न भयो| संस्थाका तात्कालिन अध्यक्ष
श्री राम चन्द्र पोखरेलले
अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब श्री निर लाल मोक्तानले उपस्थित
सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो | संस्थाका
सदस्य महानुभाबहरुको उल्लेख्यनीय मात्रामा सहभागिता रहेको संस्थाको पाचौ
महाधिबेशनमा तात्कालिन सचिब श्री निर लाल मोक्तानले संस्थाले चौथो अधिबेशन
देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले
वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान
प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक
महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका बारेमा विवरण सहितको संस्थाको
प्रगति विवरण पेश गर्नुभएको थियो |
त्यस्तै गरि
संस्थाका तात्कालिन कोषाध्यक्ष श्रीमती लक्ष्मी अधिकारीले संस्थाको आर्थिक गतिबिधिको
विवरण प्रस्तुत गर्नुभयो भने हालसम्मको नेपाली समाज वेल्स संग रहेको सम्पति बिबरण साथै संस्थासंग
आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण तात्कालिन
सह सचिव श्री विभूषण मान
श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो|
कार्यक्रमका
अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष श्री राम चन्द्र पोखरेलले दुई
वर्षको अवधि भरी गरेको उल्लेखनीय कामको विवरण प्रस्तुत गर्नु भएको थियो | साथै उहा
बिधान संशोधन समितिका संयोजक भएको हुनाले बिशेष अधिवेशन वाट बिधान संशोधन गरेका
बुदाहरुलाई प्रस्तुत गर्नु भएको थियो जसमा छलफल हुदा सर्व सहमति वाट पास गर्ने
निर्णय गरियो |
कार्यक्रमका
अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष श्री राम चन्द्र पोखरेलले
तात्कालिन
कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको
संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन
समितिलाई अनुरोध गर्नु भएको थियो | श्री बिरा शंकर राई संयोजक रहनुभएको समितिले
महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १३ सदस्यीय नयाँ कार्य समिति
निर्बिरोध रुपमा मनोनयन गर्नुभयो |
नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ |
अध्यक्ष - श्री अमृत घले
उपाध्यक्ष - श्री
निर लाल मोक्तान
सचिब - श्री अमर ध्वज मल्ल
स-सचिब - श्रीमति
लक्ष्मी अधिकारी
कोषाध्यक्ष -
श्री विभूषणमान श्रेष्ठ
सह-कोषाध्यक्ष
- श्रीमति शोभा राणा पोखरेल
सदस्य
(सम्पत्ति) - श्री श्याम बहादुर गुरुङ
सदस्य
(सम्पत्ति) - श्री प्रकाश गुरुङ
सदस्य (जन
सम्पर्क) – श्री पदम पुन
सदस्य (युवा, विद्यार्थी
तथा खेलकुद) – श्री राजेश राई
सदस्य (महिला
बिभाग) - श्रीमती कल्पना कन्दंवा
सदस्य (कार्यक्रम तथा समन्वय) - श्री वल थापा
सदस्य (कार्यक्रम
तथा समन्वय) - श्री कुलदिप सापकोटा