वेल्स - ८ सेप्टेम्बर २०१८ शनिवारका दिन नेपाली समाज वेल्सले चेलीबेटीहरुको
तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गर्यो | उल्लेख्य चेलीबेटीहरुको
उपस्थितिमा तीज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ | नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा
वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका
दिदीबहिनीहरुको उपस्थिति रहेको थियो |
नेपालको गाउँ/शहरमा हुने
तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले आयोजना गरिएको यस
कार्यक्रममा वेल्सका विभिन्न
क्षेत्रबाट नेपाली दिदीबहिनीहरुको राम्रो सहभागिता रहेको थियो |
बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाटको साथै तीज मनाउन
पाउँदा चेलीहरु हर्षले गद गद हुदै तीजको
गीतमा दिल खोलेर नाच्नु भएको थियो |
कार्यक्रममा नेपाली समाज वेल्सका अध्यक्ष श्री राम चन्द्र पोखरेलज्युले उपस्थित चेलिबेटीहरुलाई तिजको
शुभकामना दिदै नेपाली संस्कृतिलाई जोगाउन हामीले गरीरहेको प्रयास र चुनौती र
भविष्यमा गर्नुपर्ने कामको वारेमा प्रकाश पार्नु भएको थियो |
त्यसैगरि महिलाको
तर्फवाट नेपाली समाज वेल्स, युकेका
कोषाध्यक्ष श्रीमती लक्ष्मी अधिकारीज्युले तिजको महत्व र यो चाड कसरी मनाईन्छ
भन्ने वारे जानकारी दिनु भएको थियो भने, समाजका उपाध्यक्ष श्री अमृत घलेज्युले कार्यक्रमलाई सहयोग पुर्याउनु हुने
सम्पूर्ण महानुभावहरु बिशेष गरि श्री
बलराम अधिकारी, श्री विभुषनमान
श्रेष्ठ, श्रीमती गमशोभा गुरुङ,
श्रीमती राधा घले, श्रीमती शोभा राणा पोखरेल, श्रीमती सावित्री कार्की, श्रीमती लक्ष्मी अधिकारी, श्रीमती कल्पना कन्दंवा, श्री श्याम गुरुङ, श्री प्रकाश गुरुङ, श्रीमती कुमारी
गुरुङ, श्री पदम पुन, श्रीमती बसन्ती तामाङ, श्री चक्र गुरुङ र श्री सालिक राम काफ्लेज्यु साथै
प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैलाई धन्यवाद दिदै
कार्यक्रमलाई समापन गर्नु भएको थियो | कार्यक्रमको संचालन सँस्थाका सचिव श्री निर लाल मोक्तानज्युले गर्नु भएको थियो |
No comments:
Post a Comment