

संस्थाका सचिब श्री अमर ध्वज मल्ल ज्युले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागतका साथै भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र आउदै गरेको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम अध्यक्ष श्री अमृत घले ज्यूले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो, जसलाई संस्थाका सदस्य श्रीमती कल्पना कन्दंवा ज्युले संचालन गर्नु भएको थियो |
उक्त कार्यक्रमलाई स-साना भाई बहिनीहरुदेखि नेपाली समाज वेल्सका निबर्तमान अध्यक्ष श्री राम चन्द्र पोखरेल ज्यूको सहभागिता रहेको थियो । सहभागि कलाकारहरु शुश्री खुशी देवकोटा, शुश्री सिमरन अधिकारी, शुश्री प्रान्जिल पोखरेल,
श्री प्राजन पोखरेल, श्री समिर अधिकारी, श्री सिर्शक काफ्ले, श्री अभीजन देवकोटा, श्री उमेश थापा, श्री पूर्ण चन्द्र लिम्बु, श्री रबिन्द्र तुम्भाहम्फे, श्री राम चन्द्र पोखरेल र श्रीमती शोभा राना पोखरेल ज्युहरुले आफ्नो प्रस्तूति दिनु भएको थियो । गीत र नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो । तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको पनि आयोजना गरिएको थियो ।
कार्यक्रमको अन्तमा सँस्थाका उपाध्यक्ष श्री निर लाल मोक्तान ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरु श्री बल थापा, श्री विभूषणमान श्रेष्ठ,
श्री वलराम अधिकारी,श्री राजेश राई, श्री श्याम गुरुङ, श्री कुलदिप सापकोटा,श्री पूर्ण चन्द्र लिम्बु, श्री श्याम गुरुंग, श्री प्रकाश गुरुङ, श्री सालिक राम काफ्ले, श्री बाबुराम खनाल, श्री पदम पुन, श्री प्रोबेश घले, श्री प्रोबिंन घले, श्रीमती लक्ष्मी अधिकारी, श्रीमती राधा घले, श्रीमती सुष्म गुरुङ, श्रीमती गम शोभा गुरुङ र श्रीमती प्रीतम चेम्जोंग ज्युहरुका साथै प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापनका साथै कार्यक्रम को समापन गर्नु भएको थियो ।
धन्यवाद ।
नेपाली समाज वेल्स, युके
No comments:
Post a Comment