कार्डिफ शनिवार, १६ मार्च
२०१९ - गैर आवासिय नेपाली संघ बेलायत
राज्य समन्वय परिषद, वेल्स र नेपाली समाज वेल्स, युकेको सहकार्यमा बिशेष अन्तरक्रिया
भव्यताका साथ सम्पन्न भयो |कार्यक्रम बिशुद्ध समसामयिक बिषयमा
केन्द्रित रहि विभिन्न परिस्थतिले बिदेशमा आई बसोबास गर्दै आउनुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुका माझ
उहाँहरुमा रहेका बिभिन्न समसामयिक कौतुहलतालाई बुझ्न र आबश्यक राय, सल्लाह
र सुझाब आदानप्रदान गर्ने हेतुले आयोजना गरिएको थियो । गैर आवासिय नेपाली संघ बेलायत राज्य
समन्वय परिषद, वेल्स
र वेल्सको राजधानी कार्डिफ सहरमा रहेको नेपाली सँस्था नेपाली समाज वेल्स, युकेको
सहकार्यमा आयोजना गरिएको उक्त अन्तरक्रिया कार्यक्रम राज्य समन्वय परिषद्का सचिव
श्री निर लाल मोक्तानले संचालन गर्नु भएको
थियो।
राज्य समन्वय परिषद्का अध्यक्ष श्री
राम चन्द्र पोखरेलले अध्यक्षता आयोजित उक्त कार्यक्रममा नेपाली समाज वेल्स, युकेका
अध्यक्ष श्री अमृत घलेले कार्यक्रममा उपस्थित सम्पूर्णलाई हार्दिक स्वागत गर्दै आभारका
साथ कार्यक्रम सफलताको शुभकामना दिनु भएको
थियो भने नेपाली समाज वेल्स,
युकेले यस कार्यक्रममा सहकार्य गर्ने अबसरको
लागि हार्दिक कृतज्ञता ब्यक्त गर्नु भएको थियो।
त्यसै गरी कार्यक्रममा तमु पे ल्हु संघ, युकेका
अध्यक्ष, गैर
आबासिय नेपाली संघ बेलायत राष्ट्रिय तथा राज्य समन्वय परिसदका सल्लाहकार, एबम
समाजसेवी मेजर रिटायर्ड श्री खुशिमान गुरुङ, गैर आवासिय नेपाली संघ बेलायत
राष्ट्रिय समन्वय परिषदका सल्लाकार श्री कमल पौडेल, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय परिषदका
महासचिव श्री राज कुमार त्रिपाठी, गैर आवासिय नेपाली संघ बेलायत राष्ट्रिय समन्वय
परिषदका उपाध्यक्ष श्री शेर बहादुर सुनार ज्युहरुले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको
थियो ।
कार्यक्रमका
बिशेष आकर्षण अधिबक्ता श्री गोबिन्द बेलबासेले गैर आवासिय नेपाली संघ र बिदेशमा
रहनुभएका गैर आवासिय नेपालीहरुको सम्बन्धको बिषयमा गहिरो चर्चा गर्दै आफ्ना
अधिकारका लागि सबै मिलेर आगाडी बढेमा सफलता प्राप्त हुने सुझाब दिनुभयो | उहाँले नेपालको बर्तमान कानुनी व्यबस्था, गैर आबासिय नेपाली नागरिकताको बिषयमा चलेको बहस सरल
भाषामा ब्याख्या गर्दै त्यसले गैर आवासिय नेपालीहरुमा पर्न सक्ने व्यवधानप्रति
समिक्षा गर्नुभएको थियो।
कार्यक्रमको
प्रश्न र उत्तर सेसनमा विभिन्न महानुभाबहरुबाट आएका प्रश्नहरुलाई सम्बोधन गरिएको
थियो । कार्यक्रमका अध्यक्ष एबम राज्य समन्वय परिषद, वेल्सका
अध्यक्ष श्री राम चन्द्र पोखरेलले अन्तरक्रिया कार्यक्रमको महत्वबारे प्रकाश
पार्दै कार्यक्रममा उल्लासमय उपस्थिति जनाउनु हुने सम्पूर्ण दाजुभाई तथा
दिदीबहिनीहरुप्रति हार्दिक आभार ब्यक्त गर्नु भएको थियो | अध्यक्ष पोखरेलले आफ्ना दाजुभाई तथा दिदीबहिनीहरुको पिर, मर्का र समस्या बुझ्न यस्ता खालका कार्यक्रमहरु आयोजना
गर्दै राज्य समन्वय परिषद समक्ष आएका समस्याहरुको निराकरणको लागि सकेको पहल गर्ने
प्रतिबद्दता ब्यक्त गर्दै, कार्यक्रम सफल पर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद
दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।
धन्यवाद ।
नेपाली समाज वेल्स, युके
No comments:
Post a Comment