१३ अप्रिल २०१८ – नेपाली समाज वेल्स, युकेको आयोजनामा नयाँ बर्ष २०७६ साललाई स्वागत गर्ने कार्यक्रम भब्य रुपमा बडो हर्ष र उल्लासका साथ सम्पन्न भयो । विभिन्न कार्यक्रमले सजिएको यस कार्यक्रममा संस्थाका सचिब श्री अमर ध्वज मल्ल ज्यूले संचालन गर्नुभएको थियो भने अध्यक्ष श्री अमृत घले ज्यूले पानसमा बत्ती वाली कार्यक्रमलाई सु-आरम्भ गर्नु भएको थियो । उहाँले सम्पूर्ण उपस्थित महानुभाबप्रति नयाँ बर्षको शुभकामना संदेश ब्यक्त गर्नुका साथै सम्पूर्ण उपस्थित महानुभावहरुलाई स्वागत गर्नु भएको भयो ।

यसै अबसरमा शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि सम्पन्न भयो| संस्थाका अध्यक्ष श्री अमृत घले र उपाध्यक्ष श्री निर लाल मोक्तान ज्यूहरु बाट खाडा र प्रमाणपत्र प्रदान गरि सम्मान गर्नु भएको थियो ।


सांस्कृतिक कार्यक्रम पछि राफल द्रअ पनि गरिएको थियो । राफल द्रअको प्रथम पुरस्कार श्री अमृत घले, दितीय पुरस्कार श्री श्याम गुरुङ र त्रितीय पुरस्कार श्री निर लाल मोक्तान ज्युहरुले प्रयोजन गर्नु भएको थियो । त्यसै गरि प्रथम, दितीय र त्रितीय पुरस्कारका बिजेता क्रमश श्री बलराम अधिकारी, श्रीमती बिनिता भट्टराई र श्री बाबुराम खनाल हुनुभएको थियो ।
३० चैत्र २०७५ शनिवारका दिन रोथ कन्जरभेटिभ हलमा बेलुकी १८:०० बजे देखि २३:०० बजे सम्म भएको कार्यक्रमा सँस्थाका उपाध्यक्ष श्री निर लाल मोक्तान ज्युले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने सम्पूर्ण सहयोगी महानुभावहरु: श्री प्रकाश गुरुङ, श्री विभूषणमान श्रेष्ठ, श्री पूर्ण चन्द्र लिम्बु, श्री श्याम गुरुङ, श्री अमर मल्ल, श्री वलराम अधिकारी, श्री पदम पुन, श्री राजेश राई, श्री बल थापा, श्री अमृत घले, श्रीमती शोभा राणा, श्रीमती लक्ष्मी के. सि, श्री सालिक राम काफ्ले साथै सम्पूर्ण कलाकारहरु एबं प्रत्येक्ष अप्रत्येक्ष सहयोग गर्ने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमका केहि झलकहरु :
फोटो शौजन्य : डा.
जीवन के. सि
धन्यवाद ।
नेपाली समाज वेल्स, युके ।