र पूर्ण चन्द्र लिम्बु नेपाली समाज वेल्स, यूके हार्दिक आभार र धन्यवाद प्रकट गर्दछ ।
धन्यवाद ।
नेपाली समाज वेल्स,
युके
धन्यवाद ।
नेपाली समाज वेल्स,
युके
कार्डिफ, नेपाली समाज वेल्सले कोरोना महामारीका बेला अफ्ठेरोमा परेका विद्यार्थीहरुलाई सहयोग गरेको छ । एनआरएनए वेल्स राज्य समन्वय परिषद समेतको सहकार्यमा करिब दुइ दर्जन नेपाली विद्यार्थीलाई राहत वितरण गरिएको छ । सहयोगको याचनासहित संस्थाको सम्पर्कमा आउने विद्यार्थीहरुलाई घरघरमै पुगेर आधारभूत खाद्यसामग्री प्रदान गरिएको थियो । अफ्ठेरोमा पर्ने विद्यार्थीहरुको लागि वेल्सवासी नेपालीहरुले सहयोगस्वरुप खाद्यान्न उपलब्ध गराएका थिए।
यसअघि कोभिड १९ का कारण विभिन्न समस्यामा पर्ने वेल्सस्थित नेपालीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भनेर समाजले स्थानीय अन्य संघसंस्था र सामाजिक अभियन्ताहरुसंग परामर्श लिएको थियो । सोहि छलफलको सुझावअनुसार समाजले कोभिड सहयोग अभियान सञ्चालन गरेको थियो ।
आवश्यक पर्नेहरुको सहयोगको लागि घरघरमै पुगेर सहयोग बाँड्ने कार्यमा समाजका अध्यक्ष घलेसंगै उपाध्यक्ष नीरलाल मोक्तान , सचिव अमरध्वज मल्ल, कोषाध्यक्ष विभुषणमान श्रेष्ठसहितका कार्यसमितिका पदाधिकारी र स्वयमसेवकहरु खटिएका थिए । यस विपदको घडीमा राहतको लागि भनि नेपाली समाज वेल्सका सदस्यहरु मानध्वज गुरुङ, उदाना राई, चित्र राई, पूर्ण चन्द्र लिम्बु, मेम कुमारी मल्ल, श्याम गुरुङ, अमृत घले, नर थापा, बसन्ती तामांग, सोम सुनवार र प्रकाश गुरुङहरुले जिन्सी सहयोग गर्नु भएको थियो । सम्पूर्ण सहयोगदाता, स्थानीय संघसंस्था र समाजसेवी तथा स्वयमसेवकहरुप्रति वेल्स नेपाली समाजले आभार प्रकट गर्न चाहन्छ।
धन्यवाद ।