वेल्स, बेलायत - आईतवार ८ नोभेम्बर
२०२०,
रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा
वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको
संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२० सम्पन्न भयो । Covid-19 को कारणले गर्दा यस वर्ष सिमित
मानिसहरुको मात्र सहभागिता रहेको कार्यक्रममा नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष अमृत घले र पूर्ण चन्द्र लिम्बुको सहभागिता रहेको थियो ।
पहिलो विश्व युद्द देखि एता विभिन्न
युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम
वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे
शुरु भएको थियो । बिहान ठिक ११ बजेर ११ मिनेट ११ सेकेन्डको युद्दमा बीरगति प्राप्त
गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने
संस्थाको तर्फबाट कोप्रल पूर्ण
चन्द्र लिम्बुले Kohima
Epitaph संदेश पढेर सुनाउनु भयो
। यस बिसम परिस्थितिमा पनि संस्थाको तर्फबाट समय निकाली
कार्यक्रममा सहभागी हुनु भएका संस्थाका अध्यक्ष अमृत घले
र पूर्ण चन्द्र लिम्बु नेपाली
समाज वेल्स, यूके हार्दिक आभार र धन्यवाद प्रकट गर्दछ ।
धन्यवाद ।
नेपाली समाज वेल्स,
युके