१३ फेब्रुअरी २०२१, शनिवारका दिन संस्थाको छैठौं महाधिबेशन सम्पन्न भयो । महाधिबेशन भरचुअलली फेसबुक मार्फत आयोजना गरिएको थियो । संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम तात्कालिन सचिब अमर ध्वज मल्लले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो | संस्थाका सदस्य महानुभाबहरुको राम्रो मात्रामा सहभागिता रहेको संस्थाको छैठौं महाधिबेशनको पहिलो चरणमा तात्कालिन सचिब अमर ध्वज मल्लले संस्थाले पाचौ अधिबेशन देखि हालसम्म आयोजना गरेका कार्यक्रमहरु, संस्थाले वेल्समा रहेका अन्य सहयोगी संस्थाहरुसंग भाईचारा बढाउने अभिप्रायले सहयोग आदान प्रदान गरेका कार्यक्रमहरु, संस्थाले सदस्य तथा शुभचिन्तक महानुभाबहरुमा आपत विपत पर्दा गरेका सहयोगहरुका साथै संस्थासंग आबद्द हुनुहुने सम्पूर्ण सदस्य महानुभाबहरुको विवरण पेश गर्नुभएको थियो | त्यस्तै गरि संस्थाका तात्कालिन कोषाध्यक्ष विभूषणमान श्रेष्ठले संस्थाको आर्थिक गतिबिधिको विवरण र हालसम्मको नेपाली समाज वेल्स संग रहेको सम्पति बिबरण प्रस्तुत गर्नु भएको थियो|
दोश्रो चरणमा बिधान संशोधन समितिका संयोजक राम चन्द्र पोखरेलले बिधान संशोधन गरेका बुदाहरुलाई प्रस्तुत गर्नु भएको थियो जसमा छलफल हुदा सर्व सहमति वाट पास गर्ने निर्णय गरिएको थियो | त्यस लगतै कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले आफ्नो कार्यकालको समिछ्या, आउने कार्य समितिलाई शुभकामनाको बक्त गर्नु भएको थियो |
कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका तात्कालिन अध्यक्ष अमृत घलेले तात्कालिन कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नु भएको थियो | पूर्ण चन्द्र लिम्बु संयोजक रहनुभएको समितिले महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १० सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयन गर्नुभयो | बाकी अरु थप ३ सदस्यहरू र सल्लाहकारहरु नयाँ कार्य समितिको पहिलो बैठक बसी मनोनयन गर्ने निर्णय पनि गरियो ।
नयाँ कार्य समितिको नामावली निम्न प्रकार छ :
अध्यक्ष – निर लाल मोक्तान
उपाध्यक्ष - लक्ष्मी अधिकारी
सचिब - अमर ध्वज मल्ल
सह-सचिब - शोभा राणा पोखरेल
कोषाध्यक्ष - विभूषणमान श्रेष्ठ
सह-कोषाध्यक्ष - पदम पुन
सदस्य - कल्पना कन्दंवा
सदस्य - बिकाश रानाभाट
सदस्य - उमेश थापा
सदस्य – संजीव मैनाली
धन्यवाद |
नेपाली समाज वेल्स, युके