नेपाली समाज वेल्स, यूकेको छैठौं महाधिवेशन १३ फेब्रुअरी २०२१ शनिवारका दिन ११ बजे हुने जानकारी यस भन्दा पहिलानै सम्प्रेसण गरिएको छ । २२ अगस्ट २००९ मा जन्म लिएको यस संस्था ११ बर्ष पुरा गरि १२ औ बर्षमा पबेश गरिसकेको र यस बिचमा विभिन्न उकाली र ओराली पार गर्दै छैठौं महाधिबेशनको तयारीमा रहदै संस्थाको भाबी कार्ययोजना, संस्थाको शिर मानिने विधानको समय र परिस्थिति अनुसार आबश्यक संशोधन र नेपाल र नेपालीको हितमा र संस्थाका सदस्य महानुभाबहरुप्रती आईपर्ने बिभीन्न समस्याहरुका साथ साथै खुशीयालीहरुमा सहजकर्ताको रुपमा काम गर्नको लागि आगामी २ बर्षको लागि संस्थाको कार्यसमिति चयन गर्न यहाँहरु सबैबाट सकेको सहयोग र पहलको आशा गर्दै संस्थाको छैठौं महादिबेशन तर्फ अगाडी बढेको जानकारी गराईन्छ ।
कार्यक्रमको रुपरेखा निम्न
लिखित रहेको जानकारी अनुरोध छ ।
पहिलो चरण:
- कार्यक्रम सम्बन्धि जानकारी – सचिब
- अध्यक्षता आशन ग्रहण - अध्यक्ष
- अध्यक्षबाट स्वागत मन्तब्य
- संस्थाको प्रगति विवरण प्रस्तुत – सचिब
- लेखा समितिको रिपोर्ट प्रस्तुत – लेखा समिति संयोजक
- आर्थिक प्रतिबेदन प्रस्तुत तथा कोष सम्बन्धि प्रस्न उत्तर सहित प्रतिबेदन पास – प्रस्तुति कोषाध्यक्षबाट
- भौतिक सम्पत्ति विवरण प्रस्तुत - भौतिक सम्पत्ति सदस्य
- सदस्यता अपडेट - सचिब वा सह-सचिब
दोश्रो चरण: बन्द सेसन
- बिधान संशोधन प्रस्ताब उपर छलफल - बिधान संशोधन समिति: सयोजक: राम चन्द्र पोखरेल सदस्यहरु: बलराम अधिकारी र राजेश राई
- कार्यसमिति बिघटन – अध्यक्षबाट
- नयाँ कार्यसमिति चयन प्रक्रिया – निर्वाचन समितिले नामावली माग (निर्वाचन समिति संयोजक: पूर्ण चन्द्र लिम्बु सदस्यहरु : मति प्रसाद पुन रबिरा शंकर राई)
- नामावली प्रकासन र दाबि बिरोध
- नयाँ कार्यसमिति चयन – निर्वाचन समिति
- नव निर्वाचित अध्यक्षबाट भाबी कार्यदिशा सहितको मन्तब्य
कार्यक्रम समापन
No comments:
Post a Comment