४ सेप्टेम्बर २०२१ शनिवारका दिन नेपाली समाज वेल्सले चेलीबेटीहरुको तीज पर्बको अबसरमा चेलीहरुलाई दर खुवाउने कार्यक्रम आयोजना गरेकोमा धेरै भन्दा धैरे चेलीबेटीहरु उपस्थित भइ भब्य रुपमा सम्पन्न भयो I नेपाली चेलीहरुको महत्वपूर्ण पर्बको रुपमा लिईने तीज पर्बमा वेल्सका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका चेलीहरुलाई आफ्नो गाउँ/शहरमा हुने तीजको झझल्को मेटाउने र सकेसम्म रमाईलो बाताबरण तयार गर्ने उद्देस्यले यस संस्थाले रोथ कन्जरभेटिभ क्लब, कार्डिफमा आयोजना गरेको कार्यक्रममा नेपाली दिदीबहिनीहरुको राम्रो सहभागिता रहेको थियो | बिदेशी भूमिमा आएर पनि यसरी साथी संगी संग भेटघाटको साथै तीज मनाउन पाउँदा चेलीहरु हर्षले गद गद हुदै तीजको गीतमा दिल खोलेर नाच्नु भएको थियो |
कार्यक्रमको दौरानमा नेपाली समाज वेल्सका अध्यक्ष निरलाल मोक्तानले उपस्थित चेलिबेटीहरुलाई तिजको शुभकामना दिनु भएको थियो भने, समाजका उपाध्यक्ष लक्ष्मी अधिकारीले तिज भनेको केहो र यो किन र कसरी मनाईन्छ भन्ने वारेमा प्रकाश पार्नु भएको थियो | यस तिज कार्यक्रमको लागि भएको सम्पूर्ण खर्च यस समाजका सह-कोषाध्यक्ष पदम पुनको तर्फ वाट प्राप्त भएको थियो | यसरी यति ठुलो कार्यक्रम एक्लो ब्यक्तिले सहयोग गरेकोमा सम्पूर्ण नेपाली समाज वेल्स कार्यसमिति साथै सम्पूर्ण नेपाली समाज परिवार उहालाई धेरै धेरै धन्यबाद दिन चाहन्छ |
यसरी नै कार्यक्रमलाई सहयोग पुर्याई सफल पारीदिनु हुने सम्पूर्ण महानुभावहरु शालिकराम काफ्ले, बाबु राम खनाल, संजिव मैनाली, विकास रानाभाट, पदम पुन, मती पुन, उमेश थापा, बलराम अधिकारी, विभुषनमान श्रेष्ठ, सुर्य ढकाल साथै सम्पूर्ण कार्य समितिका सदश्यहरु र प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा सहयोग पुर्याउनु हुने सवैलाई यस संस्था धन्यवाद दिन चाहान्छ |
धन्यवाद |
नेपाली समाज वेल्स, युके