२३ अक्तोबेर २०२१, शनिवार, नेपालीहरुको महान चाडहरु दशैं र तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार २०७८/२०२१ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो । बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय र परिस्थितिले जहाँ रहेर जे गरे पनि आफ्नो मातृभूमिको कला र संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं र तिहार २०७८/२०२१ कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।
संस्थाका सचिब अमर ध्वज मल्लले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागतका साथै भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी र रौनक छोडेर गएको र आउदै गरेको तिहार पर्बले सबैमा शुखी र लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा र विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम अध्यक्ष निरलाल मोक्तानले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो ।
नेपाली तथा वेल्सको राष्ट्रिय गानले रन्केको कार्यक्रमको बाताबरण अझ धेरै रोचक थियो । कार्यक्रममा संस्थाका अध्यक्ष निरलाल मोक्तानले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना सन्देश दिनु भएको थियो भने संस्थाकी उपाध्यक्ष लक्ष्मी के. सि अधिकारीले दशैंको महत्वको वारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सेप्तेम्बेर २०१९ देखि फेबुअरी २०२१ सम्म नेपाली समाज वेल्सको कार्यकारी समितिमा बसी, संस्थाको लागि सर्हानीय काम गरि बिदा हुने निबर्तमान सदस्यहरुलाई धन्यवाद साथै प्रसंसा पत्र प्रधानको साथै संस्थाका नयाँ आजीवन सदस्य महानुभाबहरु श्री इन्द्र लाल श्रेष्ठ, श्री भोज नारायण रेग्मी, श्री झलक पुन र श्री श्रीराम थापा मगर लाई खादा लगाइ स्वागत गरिएको थियो । तीज कार्यक्रमको सम्पूर्ण खर्च £२२७ स्पोंसोर गर्नु हुने संस्थाका सह-कोषाध्यक्ष पदम पुन र श्रीमती सुदिन मल्ल पुन र वर्ष २०२१मा सुश्री रोशा चेम्जोंगले डिग्री उतिर्ण गर्नु भएको उपलक्ष्यमा श्री कमल केशर चेम्जोंग र श्रीमती प्रीतम चेम्जोंग द्वारा नेपाली समाज वेल्सलाई £१०१ आर्थिक सहयोग गर्नु भएको हुदा सुश्री रोशा चेम्जोंगलाई संस्थाका अध्यक्ष निरलाल मोक्तानले खादा लगाई समान गर्नु भएको थियो ।
कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सहभागि कलाकारहरु शुश्री लियाना रोस पुन, शुश्री शारोंन थापा मगर, शुश्री शर्लीन थापा मगर, शुश्री मेग्नोन रेग्मी, शुश्री लक्ष्मी श्रेष्ठ, शुश्री फतिमा डी शुजा , शुश्री अल्षा शर्मा, शुश्री संगीता अर्याल, श्री झलक पुन, श्री उमेश थापा, शुश्री अंकित उप्रेतीले आफ्नो प्रस्तूति दिनु भएको थियो । गीत र नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो । तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने र हामी आफैमा रमाईलो गर्ने उद्देश्यले कार्यक्रममा देउसी भैलोको पनि आयोजना गरिएको थियो ।
कार्यक्रमको अन्तमा संस्थाकी उपाध्यक्ष लक्ष्मी के. सि अधिकारीले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु र कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने संस्थाका सम्पूर्ण कार्य समिति सदश्यहरु लगाएत सम्पूर्ण सहयोगी महानुभावहरु श्री बल थापा, श्री वलराम अधिकारी, श्री सालिक राम काफ्ले, श्री बाबुराम खनाल ज्युहरुका साथै प्रत्येक्ष तथा अप्रत्येक्ष सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापनका साथै कार्यक्रम को समापन गर्नु भएको थियो ।
कार्यक्रमका केहि झलकहरु:
फोटो शौजन्य: जीवन के. सि
धन्यवाद ।
नेपाली समाज वेल्स, युके