९ जुलाई २०२२, शनिवार - बिगतका बर्षहरुझैँ यस बर्ष पनि नेपाली समाज वेल्सको आयोजनामा समर बार्बिक्यु कार्यक्रम सम्पन्न भयो । वेल्समा रहनु भएका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भेटघाट र आपसी भलाकुसारी र साथीभाईहरुसंग रम्ने कार्यक्रमको रुपमा लिईएको यस कार्यक्रम Cosmeston Lakes Country Park, Lavernock Road, Penarth, CF64 5UY मा आयोजना गरिएको थियो ।
कार्यक्रममा वेल्सको विभिन्न क्षेत्रबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो र मौसमले पनि राम्रो साथ दिएको थियो । दिनको करिब १२ बजे शुरु भएको यस समर बार्बिक्यु कार्यक्रम विभिन्न कार्यक्रमका साथ बेलुकी करिब छ बजे समापन भएको थियो । आ-आफ्नो ब्यस्तताको बावजुतपनि कार्यक्रममा उल्लेखनीय उपस्थित भइ कार्यक्रमको शोभा बढाई दिनु भएकोमा संस्था सबैलाई धन्यवाद दिन चाहन्छौ |
कार्यक्रममा सामेल भई सहयोग गर्नुहुने वेल्स निवासी सम्पूर्ण नेपाली दाजुभाई-दिदीबहिनीहरु, निमन्त्रणा स्वीकार गरि कार्यक्रममा पाल्नुहुने सम्पूर्ण पाहुना बर्ग र कार्यक्रम भब्य रुपमा सफल पार्न आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनुहुने सम्पूर्ण सदस्य तथा शुभचिन्तक महानुभाबहरु बिशेष गरी निर लाल मोक्तान, संजीव मैनाली, मति पुन, बिभुसनमान श्रेष्ठ, अमर ध्वज मल्ल, पदम पुन, उमेश थापा, बिकाश रानाभाट, राधा घले, लक्ष्मी केसी अधिकारी, जश लिम्बु, शोभा राना पोखरेल, कल्पना लिम्बु, इन्द्र श्रेष्ठ, र भोज राज रेग्मी प्रति संस्था हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछ । आगामी दिनहरुमा पनि यस्तै गरि सहयोग र सदभाब आदान प्रदान भईरहने छ भन्ने कुरामा संस्था विश्वस्त छ ।
कार्यक्रमका केहि झलकहरु:
फोटो शौजन्य: सावित्री श्रेष्ठ र अमर मल्ल
धन्यवाद ।
नेपाली समाज वेल्स, युके
No comments:
Post a Comment