ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Wednesday, 26 October 2022

!!दशैं र तिहार २०२२ को कार्यक्रम भव्यताका साथ सम्पन्न !!

१५ अक्तोबेर २०२२, शनिवार, नेपालीहरुको महान चाडहरु दशैं तिहारको उपलक्ष्यमा नेपाली समाज वेल्स, युकेद्वारा आयोजित दशैँ-तिहार  २०७/२०२२ कार्यक्रम भव्यरुपमा सम्पन्न भयो   बिदेशी भूमिमा रहे पनि आफ्नो संकृतिलाई आत्मसाथ गर्दै समय परिस्थितिले जहाँ रहेर  जे गरे पनि आफ्नो मातृभूमिको कला संस्कृतिलाई स्मरण गर्ने धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिइएको यस दशैं तिहार कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट नेपाली दाजूभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो

संस्थाका सह-सचिब शोभा राणा पोखरेलले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाबहरुलाई स्वागतका साथै भर्खरै मात्र गएको दशैं पर्बले हामी सबैमा खुशी रौनक छोडेर गएको आउदै गरेको तिहार पर्बले सबैमा शुखी लक्ष्मी माताले सु-सम्पन्नताको दियो बालेर हामी सबैलाई अझ बढी रौनक थपिदियोस भन्ने आशा विश्वासका साथ यस शुखद अबसरमा हार्दिक मंगलमय शुभकामना दिदै कार्यक्रम संचालन गर्नुभएको उक्त कार्यक्रम अध्यक्ष निरलाल मोक्तानले पानसमा बत्तीवाली कार्यक्रमलाई सुरुवात गर्नु भएको थियो

 

नेपाली तथा वेल्सको राष्ट्रिय गानले रन्केको कार्यक्रमको बाताबरण अझ धेरै रोचक थियो कार्यक्रममा संस्थाका अध्यक्ष निरलाल मोक्तानले सम्पूर्ण उपस्थित महानुभाबहरु प्रति महान चाडको अबसरमा शुभकामना सन्देश दिनु भएको थियो कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम आयोजना गरिएको थियो जुनको संचालक कल्पना लिम्बूले गर्नुभएको थियो सहभागि कलाकारहरु   रालु अभ्लोनितिस, प्रिशा पुन, प्रदिप सुबेदी, उमेश थापा, रेजिना बस्नेत र निशा श्रेष्ठ आफ्नो प्रस्तूति दिनु भएको थियो   गीत नृत्यले उपस्थित महानुभाबलाई नाचौ नाचौ बनाएको थियो तिहारको अबसरमा गाउँ घरमा हुने देउसी भैलोको चलन चल्तिलाई कायम राख्ने हामी आफैमा रमाईलो गर्ने उद्देश्यले राधा घलेको संयोजकत्वमा देउसी भैलो कार्यक्रमको पनि आयोजना गरिएको थियो

 

कार्यक्रमको अन्तमा संस्थाकी उपाध्यक्ष लक्ष्मी के. सि अधिकारीले कार्यक्रममा उपस्थित भई सहयोग गर्नुहुने सम्पूर्ण महानुभाबहरु कार्यक्रम ब्यबस्थापनमा सहयोग पुर्याउनुहुने निरलाल मोक्तान, शोभा राणा, राधा घले, विभूषण श्रेष्ठ, कल्पना लिम्बू, उमेश थापा, जश लिम्बू, पदम पुन, मती पुन, बलराम अधिकारी, संजीव मैनाली, रबिन्द्र लिम्बू लगाएत संस्थाका सम्पूर्ण कार्य समिति सदश्यहरु साथै सहयोगी सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापनका साथै कार्यक्रमको समापन गर्नु भएको थियो

 



कार्यक्रमको केही झलकहरु:








फोटो सौजन्य: जीवन के.सी

 

धन्यवाद

 

नेपाली समाज वेल्स, युके

 

No comments:

Post a Comment