ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 15 November 2022

रिमेम्बरेन्स डे २०२२ मा नेपाली समाज वेल्सको सहभागिता !!

कार्डिफ, वेल्स, बेलायत - आईतवार १नोभेम्बर २०२२, रोयल ब्रिटिश लिजनको पार्टनरसिपमा वेल्स गभरमेन्ट र कार्डिफ काउन्सिलको संयुक्त आयोजनामा रिमेम्बरेन्स डे २०२२ भब्य रुपमा सम्पन्न भयो पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा बिहान ठिक १०.३० बजे शुरु भएको थियो विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए ।

 

बिहान ठिक ११ बजेर ११ मिनेट ११ सेकेन्डको युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट सर्जेन्ट कमल केशर चेम्जोंगले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो । कार्यक्रमको अबसरमा नेपाली समाज वेल्स, यूकेको तर्फबाट अध्यक्ष निर लाल मोक्तानको नेतृत्वमा भूतपुर्ब गोर्खा सैनिक सदस्यहरु मति पुन, मान ध्वज गुरुङ, सिंगापुर पुलिसका श्रीराम थापा र परिवार, पदम पुन र परिवार, अमर ध्वज मल्ल र परिवार, प्रेम भण्डारी साथै अन्य नेपाली दाजुभाईहरुको सहभागिता रहेको थियो कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन गरिएको थियो यसरी बिदेशी माटोमा आएर पनि नेपाली पन कत्ति पनि डगमगाउन नदिई आफ्नो देश र पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा बोकेर हिड्ने प्रत्येक नेपाली दाजुभाईप्रति नेपाली समाज वेल्स, यूके हार्दिक आभार, गौरब र धन्यवाद प्रकट गर्दछ

 

कार्यक्रमका केही झलकहरु !!




धन्यवाद ।

 

नेपाली समाज वेल्स, युके


No comments:

Post a Comment