कार्डिफ, वेल्स - ४ फेब्रुवरी २०२३, शनिवारका दिन नेपाली समाज वेल्स यूकेको सातौं महाधिबेशन भब्य रुपमा सम्पन्न भएको छ। संस्थाका निबर्तमान अध्यक्ष श्री निर लाल मोक्तानले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रम निबर्तमान सचिब श्री अमर ध्वज मल्लले उपस्थित सम्पूर्ण सदस्य महानुभाबप्रति स्वागत तथा धन्यवाद ज्ञापन गर्दै शुरु भएको थियो। संस्थाका सदस्य महानुभाबहरुको उल्लेख्य मात्रामा सहभागिता रहेको संस्थाको सातौं महाधिबेशनमा सचिब श्री अमर ध्वज मल्लले संस्थाले छैठौ अधिबेशन देखि सातौं अधिबेशन सम्म गरेका कार्यक्रमहरुको प्रगति विवरण पेश गर्नुभयो।
त्यस्तै गरि संस्थाका कोषाध्यक्ष श्री विभूषणमान श्रेष्ठले संस्थाको आर्थिक तथा भौतिक सम्पति बिबरण प्रस्तुत गर्नु भयो भने अडीट समितिले संस्थाको बिस्तृत रिपोर्ट प्रस्तुत गरेको थियो।
संस्थाका कार्य समिति सदस्य बिकाश रानाभाटले वेल्समा रहेका नेपालिहरुको सम्भावित जनसंख्या सम्बन्धि सर्भे र त्यसबाट आएका विवरण बिस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
संस्थाका सदस्य उमेश थापा संयोजक सहित शोभा राणा पोखरेल र विभूषण मान श्रेष्ठ सदस्य रहेको सदस्यता समस्या सम्बन्धि समितिले सदस्यता फी सम्बन्धि आएका बिभिन्न जिज्ञाशा तथा गुनाशा समेतलाई समेटेर एक रिपोर्ट पेश गर्नुभयो। त्यस रिपोर्ट सम्बन्धि आबश्यक कार्यका लागि आगामी कार्यसमितिले समस्या समाधानार्थ कार्य गर्न प्रयास गर्ने।
कार्यक्रमका अध्यक्षता गरिरहनुभएका संस्थाका निबर्तमान अध्यक्ष श्री निर लाल मोक्तानले तात्कालिन कार्यसमिति बिघटन भएको घोषणाका साथ संस्थाको संशोधित "बिधान २००९" अन्तर्गत रहेर नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन समितिलाई अनुरोध गर्नुभयो। श्री कमल केशर चेम्जोङ्ग संयोजक रहनुभएको समितिले महाधिबेशनमा संस्थाका सदस्य महानुभाबहरु मध्येबाट १३ सदस्यीय नयाँ कार्य समिति निर्बिरोध रुपमा मनोनयनित भएको जानकारी गराउनु भयो।
श्रीमति लक्ष्मी के सी अध्यक्ष रहेको नव निर्वाचित कार्यसमितिमा श्री पदम पुन - उपाध्यक्ष, श्रीमति शोभा राणा पोखरेल - सचिब, श्री बिकाश रानाभाट - सह सचिब, श्री संजीभ मैनाली - कोषाध्यक्ष, श्रीमती कल्पना कन्दंवा - सह-कोषाध्यक्ष र सदस्य हरुमा श्री मति प्रसाद पुन, श्री बल थापा, श्री उमेश थापा, श्री भोज नारायण रेग्मी, श्रीमति सबिना थापा, श्री श्रीराम थापा मगर र श्रीमति चित्रकला देवकोटा सर्ब सम्मत रुपमा निर्वाचित हुनु भएको छ।
नव निर्वाचित कार्य समितिलाई नेपाली समाज वेल्स यूके हार्दीक आभार सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछ।
No comments:
Post a Comment