Sunday, 12 March 2023

‘नयाँ बर्ष २०८०’ भब्य रुपमा मनाउने तयारी

 नेपाली समाज वेल्स यूकेले विभिन्न सांस्कृतिक एवं मनोरंजनपूर्ण कार्यक्रमका साथ नेपाली ‘नयाँ बर्ष २०८०’ लाई हर्ष र उल्लासका साथ स्वागत गर्ने उदेश्यले ८ अप्रिल २०२३ शनिवारका दिन नयाँ बर्षको स्वागत तथा शुभ कामना आदान प्रदान कार्यक्रम आयोजना गहिरहेको छ |

आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन बिगतका कार्यक्रमहरुमा जस्तै यस कार्यक्रममा पनि यहाँहरुको सहयोग र सदभावको महत्वपुर्ण स्थान रहने हुँदा यहाँ हरुको गरिमामय सहभागिताको अपेक्षा गरिएको छ। 

कार्यक्रम स्थल : -

Roath Conservative Club,

(First Floor)

7-11 Cyril Crescent

Cardiff, CF24 1DQ

029 2049 6829

मिति:–  ८ अप्रिल २०२३ शनिवार

समय:– दिनको १७:०० बजे देखि बेलुकी २२.०० बजे सम्म

कार्यक्रम स्थल प्रवेशको लागि सहयोग शुल्क:-

५ बर्ष देखि १२  बर्ष सम्मका लागि – £१२   

१२  बर्ष भन्दा माथिका लागि – £१८ 

५ बर्ष भन्दा मुनिका बाल बालिकाका लागि निशुल्क प्रबेशको व्यवस्था मिलाईएको छ। 

कार पार्किंग कार्यक्रम स्थल बाहिरको रोडमा गर्न सकिनेछ भने बस मार्फत यात्रा गर्नुहुने महानुभाबहरुले आ-आफ्नो क्षेत्रको बस रुट हेर्नु हुन् अनुरोध गर्दछौं। कार्यक्रम सम्बन्धि अन्य जानकारीको आबश्यक परेमा संस्थाको ई-मेल मार्फत वा संस्थाका कार्यसमिति पदाधिकारीहरु संग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ। 

यस कार्यक्रममा उपस्थित भई नेपाली नयाँ बर्ष भब्य रुपमा सफल बनाउन आ आफ्नो ठाउँबाट सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्दछौं । 

धन्यवाद !

No comments:

Post a Comment