८ अप्रिल २३ - कार्डिफ, वेल्स - नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। बेलायतका लागि नेपाली राजदुत महामहिम ज्ञान चन्द्र आचार्य प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा पेनार्थ टाउन काउन्सिलकि मेयर लोरा रोचफोर्ट र इन्फ्याँट्री ब्याटल स्कुल, ब्रेकन क्याम्पका अफिसर कमान्डिङ मेजर बबिंद्र गुरुङ बिशेष अतिथिको रुपमा सहभागी रहनु भएको थियो।
वेल्सको राजधानी कार्डिफको रोथ सोसल हलमा दिनको ५ बजेदेखि शुरु भएको यस कार्यक्रमा संस्थाकी सचिब शोभा राणा पोखरेलले कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो। भने आउंदै गरेको नयाँ बर्षको उपलक्ष्यमा सबैको घरमा शुख, शान्ति एवं सम्ब्रिद्दीको कामना गर्नुभयो।
संस्थाका उपाध्यक्ष पदम पुनले नेपाली नयाँ बर्ष सम्बन्धि प्रकाश पार्दै उक्त कार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो। स्वागत मन्तब्यका क्रममा उपाध्यक्ष पुनले संस्थाले यस्ता खालका कार्यक्रमहरु नियमित रुपमा आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिन सबैको योगदान धेरै महत्वपूर्ण रहने हुँदा सबैले आ आफ्नो ठाउँबाट सकेको सहयोग गर्न अनुरोध गर्नुभयो।
सचिब शोभा राणा पोखरेलले संचालन गर्नुभएको शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय कलाकारहरुबाट मनमोहक सांस्कृतिक झलकहरु प्रस्तुत भएको थियो। कलाकारहरु सिमोन खनाल, दिभ्या खनाल, शेरलिन थापा मगर, मिगनोन रेग्मी, ग्रिश्मा पाण्डे, सुबाश राई, अभिजन देवकोटा, शिर्षक काफ्ले, समिर अधिकारी र प्राजन पोखरेलले सानदार सांस्कृतिक झलकहरु प्रस्तुत गर्नुभएको थियो।
नयाँ बर्षको शुभकामना आदान प्रदानको अवसर पारेर निबर्तमान कार्यसमितिलाई सम्मान तथा बिदाई कार्यक्रम भएको थियो भने संस्थाका सदस्यहरुको घर परिवारमा शैक्षिक सफलता प्राप्त गर्नुभएकाहरु प्रति प्रत्येक बर्ष बधाई तथा सम्मान गर्ने संस्थाको प्रचलन अनुसार २०२२ मा GCSE, A Level, Bachelor's तथा Master's degree लगायतका शैक्षिक सफलता प्राप्त गर्नुहुने महानुभाबहरु प्रति बधाई तथा सम्मान कार्यक्रम राखिएको थियो।
संस्थाकी अध्यक्ष लक्ष्मी के सीको अध्यक्षतामा सम्पन्न नेपाली नयाँ बर्ष २०८० शुभकामना आदान प्रदान कार्यक्रममा पेनार्थ टाउन काउन्सिलकि मेयर लोरा रोचफोर्टले नेपाली समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई हर्षित बनाएको बताउनु भयो। वेल्समा नेपालीहरुको बसोबासको प्रसंशा गर्दै आफुहरु नेपाली समाज संग आबश्यक सहकार्य गर्न सधै उत्साहित रहेको बताउनु भयो।
कार्यक्रमका प्रमुख अतिथि महामहिम ज्ञानचन्द्र आचार्यले नेपाली राजदुतावासलाई नेपाली नयाँ बर्ष शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो। महामहिम आचार्यले नेपाली समाज वेल्सले नेपाली संस्कृतिको जगेर्ना गर्न बिगत देखि गरेको कार्यहरु प्रति प्रसंशा गर्दै यस्ता कार्यक्रमहरु लगातार रुपमा गर्न एवं अन्य लोकल समुदाय संग सहकार्य गर्न सकेमा नेपाल र नेपालीको पहिचान अझै मजबुत हुने आशा व्यक्त गर्नुभयो। महामहिम आचार्यले राजदुतावास संग सम्बन्धित सेवामा संस्थाले सहजीकरण गर्दै भावी दिनहरुमा अझै जुझारु हुनेमा आशावादी रहेको बताउनु भयो।
संस्थाकी अध्यक्ष लक्ष्मी के सीले कार्यक्रममा सहभागी सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नेपाली समाज वेल्सको निमन्त्रणालाई स्विकारी कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि तथा बिशेष अतिथिहरुप्रति हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दै नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष के सीले आफुहरु बिदेशी माटोमा रहेता पनि नेपाल र नेपालीका हितका लागि संस्थाले नेपाली राजदुतावास र लोकल सरकार संग सहकार्यमा सधै प्रयासरत रहेको स्मरण गराउनु भयो। संस्थाका सदस्यहरुबाट भएको अमुल्य योगदान बिना संस्थागत बिकाश असम्भब रहेको हुँदा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरुलाई हातेमालो गर्दै संस्थागत बिकाशको यस अभियानमा सहभागी हुन् हार्दिक अनुरोध गर्नुभयो।
अध्यक्ष के सीले कार्यक्रम सफल पार्न आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुने कार्यसमितिका सम्पूर्ण पदाधिकारी, सदस्य तथा शुभ चिन्तकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो।
No comments:
Post a Comment