कार्यक्रममा सहभागिताको लागि आएको निमन्त्रणालाई सहर्ष स्विकारी नेपाली समाज वेल्स, यूकेको प्रतिनिधिको रुपमा पुर्ब अध्यक्षहरु श्री पूर्ण चन्द्र लिम्बु, श्री राम चन्द्र पोखरेलका साथै श्री श्याम बहादुर गुरुङ, श्री मानध्वज गुरुङ, श्री चक्र गुरुङको सहभागिता रहेको थियो।
पहिलो विश्व युद्द देखि एता विभिन्न युद्दहरुमा देशका लागि सहादत प्राप्त गरेका बीर योद्दाहरुको सम्झनामा मनाईने उक्त कार्यक्रम वेल्सको राजधानी कार्डिफको सिटीहल पछाडिको एलेक्न्डजेर बगैचामा आयोजना गरिएको कार्यक्रममा विभिन्न पोशाक र ब्याण्ड बाजामा सजिएका सहभागीहरु बढो अनुशासनका साथ परेडमा भाग लिएका थिए।
बिहान ठिक ११ बजे युद्दमा बीरगति प्राप्त गर्ने सम्पूर्ण योद्दाहरुको सम्झनामा २ मिनेट मौनधारण र तोपको सलामी दिईएको थियो भने संस्थाको तर्फबाट पुर्ब अध्यक्ष श्री पूर्ण बहादुर लिम्बुले Kohima Epitaph संदेश पढेर सुनाउनु भयो।
कार्यक्रमको अन्तमा राष्ट्रिय गानले भाबुक सहभागीहरु पुन परेडमा परिणत भई सिटी हलको प्रांगणमा आई कार्यक्रम बिसर्जन गरिएको थियो। बिदेशी माटोमा आएर पनि नेपाली पन कत्ति पनि डगमगाउन नदिई आफ्नो नेपाली ईतिहास, देश र गोर्खाको पहिचानलाई सधै आत्मसाथ गर्दै बिदेशी भूमिमा आफुलाई चिनाउँदै, हाम्रो नेपाल, हामी नेपाली भन्ने भाबना आफ्नो छातीमा गौरबका साथ बोकेर हिड्ने प्रत्येक नेपाली दाजुभाईप्रति नेपाली समाज वेल्स, यूके परिवार हार्दिक आभारका साथ स-धन्यवाद व्यक्त गर्दछौं।
No comments:
Post a Comment