ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Sunday, 28 January 2024

बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार


२७ जनवरी २०२४ शनिवार::

नेपाली समाज वेल्स, यूकेको कार्य समितिको नियमित बैठक सम्पन्न भएको छ। भर्चुवल माध्यमबाट गरिएको बैठकमा अध्यक्ष श्रीमती लक्ष्मी के सी, सचिब - श्रीमति शोभा राणा पोखरेल, सह-सचिब - डा. बिकाश रानाभाट, कोषाध्यक्ष - श्री संजीभ मैनाली, सदस्य महानुभाबहरु  - श्री बल थापा, श्रीमति चित्रा देवकोटा, श्री मति प्रसाद पुन, श्री भोज नारायण रेग्मी, श्री श्रीराम थापा मगरको सहभागिता रहेको थियो।

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सी को अध्यक्षतामा बसेको कार्य समितिको बैठकले संस्थाको बार्षिक साधारण सभा २४ फेब्रुवरी शनिवार गर्ने निर्णय गरेको छ। बार्षिक साधारण सभा Physical वा Virtual गर्ने भन्ने बारे सहभागिता तथा सहजता अनुसार कार्य गरि कार्यसमितिले टुंगो लगाउने छ। 

बैठकले अध्यक्ष के सीले प्रस्ताव गर्नुभएको आगामी बर्षका लागि बार्षिक क्यालेन्डर सर्ब सम्मत रुपमा पारित गरेको छ। 

बैठकले पारित गरेका बार्षिक क्यालेन्डर निम्नानुसार रहेका छन् । 

1. Annual General Meeting  (बार्षिक साधारण सभा) : Saturday, 24th Feb 2024 Time: 12-4PM 

2. Nepali New Year 2081 Celebration: Saturday, 13th April 2024 

3. Sports Day: Saturday, 25th May 2024 

4. Summer BBQ Event: Saturday, 22nd June 2024 

5. Teej Celebration: Saturday, 31st Aug 2024 

6. Dashain & Tihar Celebration: Saturday, 26th Oct 2024

7. General Convention (महाधिबेशन): Saturday, 8th Feb 2025 

लोकल काउन्सिलको आयोजनामा हुने निम्नानुसार कार्यक्रममा सहभागिताको लागि बिशेष पहल गरिने छ।

1. St Davids Day - Friday, 1st March 24

2. National Remembrance Day - Sunday, 10 Nov 24

3. National Holocaust Day - Monday, 27th Jan 25

बिशेष अनुरोध!

संस्थाका सम्पूर्ण सल्लाहकारज्युहरु, पुर्ब अध्यक्षज्युहरु, पुर्ब तथा बर्तमान कार्य समितिका महानुभाबहरु तथा सम्पूर्ण आजीवन पंजीकृत  तथा पंजीकृत सदस्य ज्यूहरुलाई यसै सुचना मार्फत संस्थाको बार्षिक साधारण सभा सम्बन्धि जानकारी सहित हार्दिक निमन्त्रणा गर्न चाहन्छौं। 

बार्षिक साधारण सभा सम्बन्धि बिस्तृत जानकारी आगामी सुचनामा प्रकाशित गरिने छ। 

धन्यवाद !

शोभा राणा पोखरेल

सचिब 

नेपाली समाज वेल्स, युके 

No comments:

Post a Comment