ताजा खबर ..

अंग्रेजी नयाँ वर्ष २०२५ को शुभकामना, नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन

Tuesday, 16 April 2024

नयाँ बर्ष २०८१ शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न


१३ अप्रिल २०२४ - कार्डिफ, वेल्स - नेपाली समाज वेल्स, यूकेको आयोजनामा नेपाली नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा रोयल ब्रिटिश लिजनकी प्रतिनिधि श्रीमति बेथ एभ्नस बिशेष अतिथिको रुपमा सहभागी रहनु भएको थियो। 

वेल्सको राजधानी कार्डिफको रोथ सोसल हलमा दिनको ५ बजेदेखि शुरु भएको यस कार्यक्रममा संस्थाका का. सचिब डा विकास रानाभाटले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै, आ आफ्नो अमुल्य समय दिएर संस्थाको यस कार्यक्रममा सहभागी हुनु भएकोमा हार्दिक आभार सहित धन्यवाद ज्ञापन गर्नुका साथै आउंदै गरेको नयाँ बर्षको उपलक्ष्यमा सबैको घरमा शुख, शान्ति एवं समृद्धिको कामना गर्नुभयो।  


संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी के सीको अध्यक्षतामा सम्पन्न नेपाली नयाँ बर्ष २०८१  शुभकामना आदान प्रदान कार्यक्रममा रोयल ब्रिटिशलिजनकी प्रतिनिधि श्रीमति बेथ एभ्नसले नेपाली समाज वेल्सले गरेको निमन्त्रणा प्रति हार्दिक आभार ब्यक्त गर्दै, नेपाली संस्कृतिले भरिपूर्ण कार्यक्रमले आफुलाई हर्षित बनाएको बताउनु भयो। साथै बेलायती सेनामा भूतपूर्व गोर्खाले गरेको अतुलनिय वहादुरी प्रति आफु सधै प्रभावित रहेको र वेल्समा रहनुभएका भूतपूर्व गोर्खा तथा नेपाली लक्षित कार्यक्रमका लागि रोयल ब्रिटिश लिजन आबश्यक सहकार्य गर्न सधै इच्छुक र उत्साहित रहेको कुरा जानकारी गराउनु भयो।

डा रानाभाटले संचालन गर्नुभएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा स्थानीय कलाकारहरुबाट मनमोहक सांस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो। नेपाली समाज वेल्सकी युवा सदस्य सुश्री सैली मैनालीले सांस्कृतिक कार्यक्रम खण्ड संचालन गर्दै उक्त जिम्मेवारि प्रति धन्यवाद र खुसि वेक्त  गर्नु भयो। साथै भविस्यमा पनि नेपाली समाज वेल्सका युवा सदस्यहरु जुनसुकै जिम्मेवारिका लागि तत्पर रहने प्रतिवद्दताजनाउनु भयो। सो अवसरमा कलाकारहरु योअना गुरुङ, रालु एभलोनिटिस, सफल छेत्री, मिगनोन रेग्मी, शेरलिन थापा मगर लगाएत सोनी मल्ल र प्रदीप सुवेदीले मनमोहक नृत्य तथा सङ्गीत प्रस्तुत गर्नुभएको थियो।    


नयाँ बर्षको शुभकामना आदान प्रदानको अवसर पारेर संस्थाका सदस्यहरुको घर परिवारमा शैक्षिक सफलता प्राप्त गर्नुभएकाहरु प्रति प्रत्येक बर्ष बधाई तथा सम्मान गर्ने संस्थाको प्रचलन अनुसार २०२३ मा शैक्षिक सफलता प्राप्त गर्नुहुने महानुभाबहरु प्रति बधाई तथा सम्मान प्रकट गरिएको थियो।   

संस्थाका उपाध्यक्ष पदम पुनले नेपाली नयाँ बर्ष सम्बन्धि प्रकाश पार्दै उक्तकार्यक्रममा वेल्सका विभिन्न क्षेत्रबाट पाल्नुहुने सम्पूर्ण महानुभाबहरुलाई स्वागत गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गर्नुभयो। स्वागत मन्तब्यकाक्रममा उपाध्यक्ष पुनले संस्थाले यस्ता खालका कार्यक्रमहरु नियमितरुपमा आयोजना गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिन सबैको योगदान धेरै महत्वपूर्ण रहने हुँदा सबैले आ आफ्नो ठाउँबाट सकेकोसहयोग गर्न अनुरोध गर्नुभयो।

संस्थाकी अध्यक्ष लक्ष्मी के सीले नेपाली समाज वेल्सको निमन्त्रणालाई स्विकारी कार्यक्रममा पाल्नुभएका विशेष अतिथि र सम्पूर्ण सहभागी प्रति हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्दै नयाँ बर्षको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो। अध्यक्ष के सीले आफुहरु बिदेशीमाटोमा रहेता पनि नेपालीका हितका लागि वेल्स सरकारका बिभिन्न्न निकाय तथा अन्य स्थानीय सस्थाहरुसंग सहकार्यमा सधै प्रयासरत रहेको स्मरण गराउनु भयो।


साथै कार्डिफका स्थानीय नेपाली नानीबाबुहरुको नेपाली भाषाको दक्षता अभिवृद्धि  तथा सास्कृतिक जागरणको अभियानहेतु नेपाली समाज वेल्सले छिटै नै नेपाली पाठशाला संचालन अनुरुपकार्य गरि रहेको जानकारी गराउदै यस अभियानमा सहभागी हुन् हार्दिकअनुरोध गर्नुभयो।  उक्त अवसरमा अध्यक्ष के सीले कार्यक्रम सफल पार्नआ आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनु हुने कार्यसमितिका सम्पूर्णपदाधिकारी, सदस्य तथा शुभ चिन्तकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।  



 

No comments:

Post a Comment